News

भुमिगत समयमा लागू गरिएको नियम कार्यान्वयनमा ल्याउने प्रचण्डको प्रश्ताव

भुमिगत समयमा लागू गरिएको नियम कार्यान्वयनमा ल्याउने प्रचण्डको प्रश्ताव

नेकपा माओवादी केन्द्रले भुमिगत समयमा कार्यान्वयनमा ल्याएको नियम पार्टीमा फेरी पनि लागू गर्न प्रस्ताव गरेको छ ।

शनिवारदेखि सुरु भएको केन्द्रीय कमिटी वैठकमा पूर्णकालीन सदस्य र पदाधिकारीको निर्वाह खर्चको व्यवस्था पार्टीले गर्ने प्रस्ताव गरिएको छ।  केन्द्रीय कमिटीमा पेश गरिएको अन्तरिम विधान प्रस्तावमा पूर्णकालीन पदाधिकारी र सदस्यको खर्च पार्टीले व्यहोर्ने उल्लेख छ । 

माओवादीमा भूमिगत समयमा पूर्णकालीन (होलटाइमर) लाई खर्च दिने गरेको थियो । पार्टीको विशेष काममा खटाउँदाको खर्च पनि पार्टीले व्यहोर्ने प्रस्ताव गरिएको छ ।

‘परिभाषित जिम्मेवारीसहित पूर्ण समय पार्टी काममा लगाउने व्यक्तिलाई सम्बन्धित पार्टी समितिले निर्वाह खर्चको व्यवस्था गर्नेछ,’ अन्तरिम विधानको धारा ६६ मा उल्लेख छ । 

अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान संशोधन प्रस्तावमा उल्लेख छ । 

आइतवार पनि जारी रहेको बैठकले यो विधान पारित गर्ने सम्भावना छ । महाधिवेशनले अनुमोदन गरेपछि यो विधानका व्यवस्था कार्यान्वयनमा आउने छन् । 

नेकपा माओवादी केन्द्र केन्द्रीय कमिटी वैठक होलटाइमर निर्वाह खर्च

विशेष