News Breaking News मुख्य समाचार समाज

पाकिस्तानमा भएको हिन्दु मन्दिरमाथिको तोडफोडले नेपालमा आक्रोश, पाकिस्तानी दुतावास त्रसित

पाकिस्तानमा भएको हिन्दु मन्दिरमाथिको तोडफोडले नेपालमा आक्रोश, पाकिस्तानी दुतावास त्रसित

काठमाडौं । पाकिस्तानमा भएको हिन्दु मन्दिरमाथिको तोडफोडले हिन्दु बहुल राज्य नेपालका नागरिकहरु आक्रोशित बनेका छन् ।

अगस्त ५ मा पाकिस्तानको पञ्जाब प्रान्तस्थित रहिम यार खान जिल्लाको बोङ सहरमा हिन्दु मन्दिरमा मुस्लिम समुदायको सयौं मानिसहरुको भिडले तोडफोड गरेका हुन् ।

पाकिस्तानमा अगस्त ५ मा भएको हिन्दु मन्दिर तोडफोडको घटनाप्रति आपत्ति जनाउँदै नेपालको मानवअधिकार संगठनले पाकिस्तान सरकारलाई काठमाडौस्थित पाकिस्तानी दूतावासमार्फत पत्र पठाएको छ । त्यस्तै हिन्दु मन्दिर तोडफोडको घटनालाई लिएर नेपालका हिन्दुवादीहरुले समेत ठाउँठाउँमा पाकिस्तानविरुद्ध प्रदर्शन समेत गरेका छन् ।

नेपालमा व्यापकरुपमा पाकिस्तान सरकारविरुद्ध भइरहेको आन्दोलन र मानवअधिकार संगठनको ध्यानाकर्षण पत्रप्रति काठमाडौंस्थित पाकिस्तानी दूतावासलाई त्रसित बनाएको छ । पाकिस्तानी दूतावासले आफ्नो विदेश मन्त्रालयलाई एक पत्र पठाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न नेपाली हिन्दूहरूको माग बारे जानकारी गराइएको छ ।

नेपालमा पछिल्लो समय पाकिस्तान सरकारप्रतिको आक्रोश व्यापकरुपमा वृद्धि भएको छ । पाकिस्तानमा अल्पसंख्यक हिन्दु किशोरीहरुको अपहरण गर्ने, जबरजस्ती विवाह गराउने र धर्म परिवर्तन गराउने, मन्दिरहरुमा तोडफोड र आगजनी गर्नेलगायतका गतिविधिहरु भइरहेका छन् । तर, पाकिस्तान सरकारले भने यसप्रति कुनै चासो दिएको छैन ।

पाकिस्तान सन् १९४७ मा भारतबाट विभाजन हुँदा २० प्रतिशतभन्दा बढी हिन्दु समुदायका मानिसहरु रहेका थिए । तर, हाल उक्त संख्या घटेर एक प्रतिशतभन्दा कम रहेको पाकिस्तानी सरकारको तथ्यांकले देखाएको छ ।

विशेष