News राजनीति

पार्टी एकता संकटमा परेपछि एमालेका मध्यमार्गी नेता तितरवितर, को कता ?

पार्टी एकता संकटमा परेपछि एमालेका मध्यमार्गी नेता तितरवितर, को कता ?

आफैले गठन गरेको एकता कार्यदलले गरेको १० वुँदे सहमतिको अपनत्व नलिने र एकपछि अर्को सर्त अघि सार्दै जाने गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका मध्यमार्गी नेता अलमलमा परेका छन् । उनीहरुको प्रयास सफल हुन नसकेपछि पार्टीको अवस्था ज्यूँका त्यूँ छ। 

वरिष्ठ नेता नेपाल पक्ष अनुपस्थित हुने र अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै जाने गरेपछि एकता जोगाउने गरी जुटेको १०बुँदे सहमति पनि अलपत्र छ। २५ साउनमा केन्द्रीय कमिटी बैठक राखेर अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्नेगरी पार्टी गतिविधि अगाडि बढाएका छन् ।

१० बुँदे  सहमतिका मस्यौदाकार अनुसार १० बुँदे सहमति पालना भएको भए कार्यदल गठन गरेर त्यसको आधारमा दशौं महाधिवेशन, सदस्यता नवीकरण र विधान महाअधिवेशन जस्ता विषय टुंगिने सम्भावना थियो । त्यसले माधव समूह स्वतः पार्टीमा हाबी हुने उनीहरुको दाबी छ । तर, सहमतिमा अध्यक्ष ओली इमान्दार नहुने र नेपालले अपनत्व नलिने गरेपछि पार्टी एकता संकटमा पर्दै गएको उनीहरु वताउँछन् । 

अध्यक्ष ओली निकट नेताहरुको बुझाइमा, माधव नेपाल एकपछि अर्को सर्त राखेर अल्मल्याउनतिर लागेकाले एकता प्रक्रिया निष्कर्षमा पुग्न सकेको छैन । उनीहरु भन्छन्–‘१०बुँदे सहमतिले माधव नेपाललाई सम्मानजनक स्थान मिल्ने मात्रै नभएर जितकै अवस्थामा लैजान्छ । तर उहाँ सर्तहरु थप्नतिर लाग्नुभयो।’ यो तर्कमा माधव समूहकै नेताहरू पनि सहमत छन् । विशेषगरी एकता पक्षधर नेताहरू १०बुँदे सहमति माधव नेपालको पक्षमा रहेको तर्क गर्छन् ।

५ पुस ०७७ र ७ जेठ ०७८ मा दुई पटक प्रतिनिधिसभा विघटनको असफल प्रयत्न गरेका ओली दुई तिहाइ बहुमतको प्रधानमन्त्रीबाट प्रतिपक्षी बेञ्चमा पुगिसकेका छन् । ओलीले आफूलाई साथ दिने नेताहरुको पद समेत जोगाउन सकिरहेका छैनन् ।

गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेलले मुख्यमन्त्री पद गुमाएका छन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा ठूलो दल भएपनि एमाले प्रतिपक्षी दल बन्न पुगेको छ । एमाले विवाद नमिलेकाले दुवै प्रदेशमा एमाले नेताहरू माओवादी नेतृत्व सरकारमा समेत छन् ।

अझ १०बुँदे कार्यान्वयन हुने हो भने ओलीले ५ पुस ०७७ यता गरेको पार्टी निर्णय र बनाएका संगठनहरू भत्किनेछन्। जसले ओलीलाई एमालेभित्रै सहमतिको राजनीति गर्न बाध्य पार्नेछ। तर, नेपालले पाएको अवसर पनि छोडेकाले पार्टी फुटवाट जोगाउन नसकिने होकी भन्ने अवस्थामा दोस्रो पुस्ताका नेताहरु पुगेका छन् ।

तथापी उनीहरुको अन्तिम प्रयास भने जारी नै छ । पूर्वप्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई ओलीसँग मिलाएर पार्टी एकता जोगाउने पछिल्लो प्रयास चलिरहेको छ । जसका लागि उनी पक्षका नेताहरु सुरेन्द्र पाण्डे र भिम आचार्य दिल्लीमै छन् ।

पार्टी विभाजन रोक्न अध्यक्ष ओलीलाई साथ दिनुपर्ने भन्दै दुई नेता खनालसँग सल्लाह गर्न गएको स्रोतको दावी छ । आठौ महाधिवेशनमा झलनाथ खनाल समूहमा रहेका नेताहरुलाई संगठित गरेर पार्टी विभाजनबाट रोक्न उनीहरुको प्रयास जारी छ ।

तर, यो प्रयास पनि सफल हुनेमा उनीहरु खासै आसावादी छैनन् । किनकी स्वयम् खनाल  पनि ओलीसँग मिलेर जान नसकिने भन्दै नयाँ पार्टी वनाएर अघि वढ्नु पर्नेमा वताईरहेका छन् । यि सम्पुर्ण घट्नाक्रमले दुवैतर्फका मध्यमार्गी नेता विरक्तिएको एमाले स्रोतले जनाएका छन् । फुट रोक्न नसकिने अवस्था आए ओली नेतृत्वको एमालेमै रहने या माधवकुमार नेपालले निर्माण गर्न लागेको नयाँ दलमा जानेबारे उनीहरु दोधारमा रहेको जनाई छ।

एकता पक्षधर भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, गोकर्ण बिष्ट, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्यलगायतका नेता छन् । ओली र नेपाललाई सम्झाएर पार्टी एक बनाउन पनि नसक्ने र हटाउन पनि नसक्ने भएपछि अब दुईमध्ये एक गुटमा रहनुपर्ने वाध्यता उनीहरुमा छन् ।

उपाध्यक्ष भीम रावल र सुरेन्द्र पाण्डे एमाले र सुर्य चिन्ह नछाड्ने पक्षमा देखिएका छन भने योगेश भट्टराई र भीम आचार्य पनि माधव नेपालको साथमा जाने पक्षमा देखिएका छैनन् । घनश्याम भुसाल भने ओलीसँग बस्न नसकिने निष्कर्षमा छन् । 

विष्णु पौडेल र सुवास नेम्वाङ ओलीको साथमै छन् । उनीहरु कुनै हालतमा माधव नेपाल पक्षमा जाने सम्भावना देखिदैन । अध्यक्ष ओली र नेता नेपाल एकअर्कालाई हराउनतिर लाग्दा एमाले सकिने अवस्थामा पुगेका ति नेताहरुको वुझाई छ। अव एमालेलाई फुटवाट जोगाउने हो भने १०बुँदे को आधारमा थप सहमति गर्नुपर्ने आवश्यक्ता देखिएको उनीहरु वताउँछन् ।

यो पनि

प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्दा एमाले सिकिस्त, आर्यघाट पुग्यो दरवार !

एमाले विभाजन रोक्न झलनाथलाई ओलीसँग मिलाउने तयारी, दुई नेता पुगे दिल्ली

 

एकता कार्यदल माधवकुमार नेपाल केपी शर्मा ओली १० वुँदे सहमति मध्यमार्गी नेता

विशेष