News

कुलमानको नियुक्ती विरुद्ध हितेन्द्रदेव शाक्य सर्वोच्चमा

कुलमानको नियुक्ती विरुद्ध हितेन्द्रदेव शाक्य सर्वोच्चमा

कुलमान घिसिङलाई ल्याउन नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट गलहत्याईएको हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन्।

आफूलाई गैरकानूनी तरिकाले हटाएकाले पुनर्बहालीको माग गर्दै उनले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगको विज्ञ सदस्यमा नियुक्त गर्दै सरकारले २५ साउनमा घिसिङलाई प्राधिकरणको जिम्मेवारी सुम्पेको थियो।

आफूले चार वर्षका लागि नियुक्त पाएको भन्दै शाक्यले त्यसअघि नै आफूलाई हटाउने मन्त्रिपरिषद्को निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिएका हुन्। उनले आफूलाई कार्यकारी निर्देशककै रूपमा कामकाज गर्न दिन अन्तरिम आदेश समेत माग गरेका छन्।

कार्यकारी निर्देशकमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन पाएका उर्जा मन्त्री पम्फा भुसालले साउन १९ गते नै शाक्यालाई राजिनामा दिन निर्देशन दिएकी थिईन । तर, साक्यले तत्कालै राजिनामा दिए र जवर्जस्ति हटाए कानुनी उपचार खोज्ने वताएका थिए ।

सो लगत्तै मन्त्री भुसालले खाईपाई आएको सुविधासहित उर्जा आयोगमा नियुक्त गर्ने आश्वासन दिएपछि उनले वोली फेर्दै सरकारले खटाएको ठाउँमा जाने वताएका थिए । तर, त्यस लगत्तै उनले फेरी अदालत जाने वताउँदै आएका थिए ।

हितेन्द्रदेव शाक्यले सोमबार सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदन

यो पनि
प्रचण्डको ‘कुलमान मोह’ले राज्यलाई अतिरिक्त आर्थिक भार थपियो

कुलमान नियुक्ति प्रकरणमा प्रचण्ड र देउवाको तथानाम, निर्णयमा प्रचण्डको हस्तक्षेप

कुलमानको नियुक्ति विरुद्ध अदालत जाने हितेन्द्रदेवको तयारी

कुलमान घिसिङ हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरण

विशेष