विदेश राजनीति

अफगानी राष्ट्रिय सुरक्षा सल्लाहकारसँग सम्बन्ध नराख्ने पाकिस्तानको भनाई 

अफगानी राष्ट्रिय सुरक्षा सल्लाहकारसँग सम्बन्ध नराख्ने पाकिस्तानको भनाई 


काबुल । आफु बिरुद्ध अभिव्याक्ति दिएको भन्दै पाकिस्तानले अफगानी राष्ट्रिय सुरक्षा सल्लाहकारसँग सम्बन्ध नराख्ने बताएको छ । 
अफगानी राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्लाह मोहिबले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको अभिव्याक्ति दिएपछि पाकिस्तानले उनीसँग सम्बन्ध नराख्ने बताएको हो । मोहिबको उक्त अभिव्याक्तिका कारण अफगानिस्तान सँग पाकिस्तान रुष्ट भएको पहिचान नखुलाउने शर्तमा एक पाकिस्तानी अधिकारीले बताए । पाकिस्तान सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकार मोहिब सँग कुनै पनि आधिकारिक द्धिपक्षीय सम्बन्ध नराख्नेबारे काबुलमा जानकारी गराईसकेको छ । अफगानिस्तान पाकिस्तानसँग गम्भिर नरहेको, पाकिस्तानको सहयोगहरुको अपमान गरेको साथै आरोप प्रत्यारोपण गर्ने काम मात्र गरेको भन्दै पाकिस्तानले अफगानिस्तानलाई बताईसकेको छ । अफगानी राष्ट्रिय सुरक्षा सल्लाहकार मोहिबले पाकिस्तान र गुप्तचर संस्था आईएसआईले तालिबानको विद्रोहलाई  प्रश्रय दिादै आएको टिप्पणी गरेपछि पाकिस्तान रुष्ट भएको हो । अफगानिस्तानको पूर्वी प्रान्त नानगरहरस्थित एक भेलामा बोल्दै मोहिबले पाकिस्तानलाई बेश्यालयको समेत संज्ञा दिए । उनको यो अभिव्यात्तिले अन्तर मुलुकबीच हुने संवादलाई अपमानित गरेको भन्दै पाकिस्तानले निन्दा गरेको छ । साथै पाकिस्तानले आतंकवादी संगठनहरुसँग सम्बन्ध तोड्ने अफगानिस्तानको  अपेक्षा रहेको मोहिबले बताए ।  स्रोत अफगानिस्तान टाईम्स
 

विशेष