News

काबुलस्थित अमेरिकी दूतावासमा खटिएका ३ सय ८५ नेपालीको उद्धार 

काबुलस्थित अमेरिकी दूतावासमा खटिएका ३ सय ८५ नेपालीको उद्धार 

अमेरिकाले काबुलस्थित अमेरिकी दूतावासमा खटिएका नेपाली सुरक्षा गार्डहरुलाई उद्धार गरेको छ । उनीहरुलाई सोमबार बिहान उद्धार गरेर दोहा पु¥याएको हो । दूतावासमा ३ सय ८५ जना नेपाली सुरक्षा गार्ड कार्यरत थिए ।


अमेरिकाले काबुलस्थित युरोपियन युनियन डेलिगेट्सको कार्यालयमा खटिएका नेपाली सुरक्षागार्डहरुलाई उद्धार गरेर दोहा लगेको छ । उक्त कार्यालयमा ७४ जना नेपाली कार्यरत थिए । यी ७४ जना कामदारमध्ये कति जनालाई दोहा पु¥याइएको भन्नेबारे खुलेको छैन ।
उनीहरुलाई दोहा पु¥याउनुअघि हमिद कारजाई विमानस्थलस्थित अमेरिकी सैन्य क्याम्पभित्र आइतबार राखिएको थियो । त्यहाँबाट आइतबार र सोमबार गरी दोहा पु¥याइएको हो । उनीहरुलाई अफगानस्तान पठाउने एफएसआई वर्ल्ड वाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले सबै नेपालीहरुलाई अमेरिकाले सुरक्षित रुपमा दोहा पु¥याएको बताए । 


उद्धार गरिएका नेपाली गार्डहरुलाई दोहास्थित अमेरिकी बेस क्याम्पमा राखिएको छ । नियमित उडान मार्फत उनीहरुलाई अमेरिकाले काठमाडौं पठाइदिने छ । 


यसैगरी, अमेरिकी रक्षा मन्त्रालयले काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत कर्मचारीलाई उद्धार गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ,  ‘दूतावासका सबै कर्मचारीहरुको सफल उद्धार भइसकेको छ । उनीहरु हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको अमेरिकी सैन्य क्याम्पभित्र सुरक्षित छन् ।’


अफगानस्तानमा साउनस २८ सम्म १४ हजार ८ सय ९२ जना नेपालीले श्रम स्वीकृति लिएर गएका छन् । तीमध्ये ८ हजार जनाले पुनःश्रम स्वीकृति लिएर गएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसरी गएकामध्ये हाल कति जना कार्यरत छन् भन्ने यकिन विवरण सरकारसँग छैन । यसबाहेक पनि भारतीय बाटो हुँदै अफगानस्तान पुगेका छन् । दूतावासमा कार्यरत कर्मचारी तथा सुरक्षागार्डहरुलाई हेलिकप्टरमार्फत हमिद अन्तर्राष्ट्रिय विमानस्थल पु¥याइएको थियो । तालिबान समूहले काबुल सहरलाई पनि पूर्ण रुपमा नियन्त्रणमा लिएको छ । केही पश्चिम देशका दूतावासका कर्मचारीहरु अझै काबुल सहरभित्रै रहेका छन् ।

नेपालीको उद्धार

विशेष