News अपराध सुरक्षा

वलात्कारपछि हत्या भएको आशंका गरिएकी कृशलाका हत्यारा पक्राउ

वलात्कारपछि हत्या भएको आशंका गरिएकी कृशलाका हत्यारा पक्राउ

वलात्कारपछि हत्या गरिएको आशंका गरिएकी उदयपुरकी १७ वर्षिया कृशला चौधरीको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मृत अवस्थामा भेटिएको १२ दिनपछि कृशलाका हत्यारा पक्राउ परेका हुन । उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीले पत्रकार सम्मेलन गरी हत्यारा सार्वजनिक गर्ने तयारी गरेको छ । १९ गते मृत भेटिएकी त्रियुगा नगरपालिका ६ मोहनपुरकी १७ कृशलाको शव कम्मरमुनी क्षतविक्षत अवस्थामा फेला परेको थियो । 

साउन १३ गते घरबाट निस्केर सम्पर्क विहिन भएकी कृशलाको सडिसकेको शव त्रियुगा नगरपालिका ६ स्थित राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलबीच रातमाटे खोला किनारमा १९ गते फेला परेको थियो।

सालको रुखमुनि जरामा सामान्य पुरिएको अवस्थामा शव देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। हातमा लगाएको डिजिटल घडी, घाँटीमा लगाएको बुटी, खुट्टाको डोरी र लुगाको टुक्रा तथा केही टाढा रहेको चप्पलका आधारमा साउन २० गते वुवा प्रेमकुमार चौधरीले छोरी शव पहिचान गरेका थिए ।

अनुहार नचिनिने गरी कालो भएको र शरीरको कम्मरमुनि भाग क्षतविक्षत भएको हुनाले सामुहिक बलात्कारपछि हत्या गरेको अनुमान स्थानीयले गरेका छन्। प्रहरीले भने हत्याको कारण वताई सकेको छैन । 
 

वलात्कारपछि हत्या कृशला चौधरी

विशेष