News मनोरञ्जन

पवनदीप राजन भए ‘इन्डियन आइडल १२’ को विजेता 

पवनदीप राजन भए ‘इन्डियन आइडल १२’ को विजेता 

भारतीय सांगितिक रियालिटी शो ‘इन्डियन आइडल १२’ को विजेता उत्तराखण्डका गायक पवनदीप राजन बनेका छन् । शीर्ष पाँचलाई पछाडि पार्दै उनी आइडलको विजेता बनेका हुन् ।

१२ घण्टाको लामो ग्रान्ड फिनालेमा अरुनिता कांजिलाल, निहाल तारो, मोहम्मद दानिश, शनमुख प्रिया, सायली कांबेलसँग आईतवार भएको प्रतिस्पर्धामा पवनले सवैलाई पछि पारेका हुन । फिनालेमा अरुनिता पहिलो उपविजेता बनिन् भने सायली दोस्रो ।

पवनले ट्रफीसँगै कार र नगद २५ लाख उपहारमा जितेका छन् । आफ्नो आवाजले दर्शकको मन जित्न सफल पवन अक्सर भोट पाउने प्रतिस्पर्धीहरुमा शीर्षमा हुन्थे । 

फिनालेमा अनु मलिक, सोनू कक्कड, हिमेश रेसमिया, उदित नारायण झा, जय भानूशाली, सिद्धार्थ मल्होत्रा, कियारा आडवानी र जावेद अली उपस्थित थिए ।
 

इन्डियन आइडल पवनदीप राजन अरुनिता कांजिलाल

विशेष