News

यस वर्षको अमेरिकि क्लेभ व्याकस्टर अवार्ड डिएसपी श्रेष्ठले पाउने 

यस वर्षको अमेरिकि क्लेभ व्याकस्टर अवार्ड डिएसपी श्रेष्ठले पाउने 

अमेरिकन पोलिग्राफ एशोसिएसनले प्रत्येक वर्ष प्रदान गर्ने चर्चित क्लेभ व्याकस्टर अवार्ड जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गणेश बहादुर श्रेष्ठले पाउने भएकाछन् । 


पोलिग्राफ क्षेत्रमा विशेष योगदान पुर्याए वापत डिएसपी श्रेष्ठलाई उक्त अवार्ड प्रदान गर्न लागिएको हो । यो अवार्ड नेपालमा पोलिग्राफको स्थापना, विकाश, विस्तार तथा अपराध अनुसन्धानमा पुर्याएको योगदानको उच्च कदर स्वरूप प्रदान श्रेष्ठलाई प्रदान गरिने बताइएको छ । 


विश्वभरीबाटै एक जनालाई प्रदान गरिने यो अवार्डमा यस बर्ष श्रेष्ठ छनोट भएकाछन् । प्रत्येक वर्ष आयोजना हुने यो अवार्ड आगामी सेप्टेम्बर २ मा अमेरिकाको अस्टिनमा अमेरिका पोलिग्राफ एशोसिएसनको सेमिनारमा प्रदान गरिने छ । पोलिग्राफमै प्रहरी प्रधान कार्यालय नक्सालमा करिब सात वर्ष बिताउनु भएका डिएसपी श्रेष्ठसंग पोलिग्राफ क्षेत्रको राम्रो अनुभव छ ।

डिएसपी गणेश बहादुर श्रेष्ठ

विशेष