News

प्रदेश २ मा प्रमुख हेरफेर– झा पदमुक्त, मिश्र नियुक्त

प्रदेश २ मा प्रमुख हेरफेर– झा पदमुक्त, मिश्र नियुक्त

प्रदेश २ का प्रमुख राजेश अहिराज झा पदमुक्त भएका छन् । झालाई हटाएर उक्त स्थानमा हरिशंकर मिश्रलाई नियुक्त गरिएको छ ।

सोमवारको क्याबिनेट बैठकले झालाई हटाउने र मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

गत फागुन ७ गते ओली सरकारले त्यहाँका प्रदेश प्रमुख तिलक परियारलाई हटाएर राजेश अहिराजलाई नियुक्त गरेको थियो ।

महोत्तरी पिपराका मिश्र २०४८ सालमा प्रतिनिधि सभामा सांसद थिए । उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत भइसकेका व्यक्ति हुन् । उनका बुबा रामनारायण मिश्र बीपी कोइराला नेतृत्वको २०१६ सालको मन्त्रिपरिषद्मा उद्योग वाणिज्यमन्त्री थिए । तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ मा कु गरेपछि मिश्र बीपी कोइरालासँगै बन्दी बनाइएकाका थिए । कोइरालासँगै मिश्र पनि सुन्दरीजल जेलमा बसेका थिए ।

मिश्र पछिल्लो समय राजनीतिमा सक्रिय थिएनन् । तर इतिहासदेखि मिश्र परिवारको योगदानको कदर गर्दै देउवा नेतृत्वको सरकारले उनलाई प्रदेश प्रमुखमा सिफारिस गरेको हो । 

ओलीले नियुक्त गरेकामध्ये गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरुलाई यसअघि नै हटाइसकिएको छ ।

विशेष