News

अध्यादेश ल्याएर एमाले फुटाउन संसद अधिवेशन अन्त्य !

अध्यादेश ल्याएर एमाले फुटाउन संसद अधिवेशन अन्त्य !

सरकारले  संसदको चालू अधिवेशन सोमबार राति १२ बजेपछि अन्त्य गर्ने गरी सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।

सर्वोच्च अदातलले प्रतिनिधि सभा ब्यूँत्याएपछि गत साउन ३ गतेबाट अधिवेशन सुरू भएको थियो । संसद् अधिवेशनबारे सभामुखसँग प्रधानमन्त्री र संसदीय मामिलामन्त्रीले सल्लाह गरेका थिए । सभामुखको सचिवालयले तत्काल अधिवेशन अन्त्य गर्नुभन्दा पनि प्रभावकारी रूपमा सञ्चालन गर्नु उपयुक्त हुने सुझाव दिइएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र कानुन न्याय तथा संसदीयय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् अधिवेशन अन्त्यबारे सल्लाह गरेका थिए ।

जेठ ८ गते केपी ओलीले गरेको दोस्रो पटकको विघटन उल्ट्याएर सर्वोच्च अदालतद्वारा पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रभावकारी हुन नसकेको गुनासोका बीच सरकारले अधिवेशन अन्त्य गर्न लागेको हो । बताइएअनुसार सरकार संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारीमा छ ।

स्रोतका अनुसार नेकपा एमालेवाट माधवकुमार नेपाललाई पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउन संसद अधिवेशन अन्त्य गरिएको हो । ०७७ वैशाखमा केपी शर्मा ओलीले ल्याएको दल विभाजन संवन्धि अध्यादेश ब्यूँताउने प्रधानमन्त्री देउवाको तयारी छ।

यो पनि

एमाले फुटाउन ओलीले ल्याएको अध्यादेश ब्युँताउने देउवाको तयारी

प्रतिनिधि सभा अध्यादेश संसद् अधिवेशन

विशेष