News

नवराज सिलवालसहित ओली पक्षका ४ सांसद नेपाल पक्षको वैठकमा !

नवराज सिलवालसहित ओली पक्षका ४ सांसद नेपाल पक्षको वैठकमा !

माधवकुमार नेपाल समूहको भेलामा केपी शर्मा ओली पक्षका चार सांसद पनि पुगेको विषय चर्चामा आएको छ। सिंहदरबारमा आयोजना गरिएको भेलामा ओली पक्षका सांसद्हरु कृष्ण दाहाल, सूर्य पाठक, गणेश पहाडी र नवराज सिलवाल पनि पुगेका हुन ।

पहाडी भने केही अघिसम्म नेपाल पक्षमै थिए। उनी गत असारमा मात्रै ओली पक्षतिर लागेका हुन्। तर, अन्य नेता ओली पक्षमा देखिदै आएका छन्।

सरकारले दल फुटाउने खुकुलो व्यवस्थासहित अध्यादेश ल्याएपछि नयाँ दल दर्ताका लागि तयार माधवकुमार नेपाल पक्षको बैठक बसिरहेको थियो। सांसद र केन्द्रीय समिति सदस्यहरुसँग नेता नेपालले छलफल गरेर बाहिरिए लगत्तै चार सांसद पनि बैठकस्थलमा छिरेको जनाईएको छ।

नेपाल पक्षको बैठकमा उनीहरु ओली समूह छाडेर भने मिसिन गएका होइनन्। उनीहरु त्यहाँ माधव पक्षीय सांसदहरुसँग पार्टीलाई एक बनाउन भन्दै छलफलका लागि पुगेका हुन्। ‘प्रतिकृयावादीहरूको मिशन पुरा हुने गरी ल्याईएको दल विभाजन अध्यादेशको विरोध गर्दै पार्टीफुट विरूद्ध सवै एमालेका नेता कार्यकर्ताहरू एक ठाउँमा उभिनु पर्ने अवस्था आएको छ’ नेता सिलवालले भनेका छन् ।

सांसद पहाडीले भने नेपाल पक्षमा लागेका केही साथीहरुसँग छलफलका लागि आएको वताएका छन् । पहाडीसहितले एमाले एकताका लागि भन्दै सांसदहरु दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, झपट रावल र पवित्रा निरौला खरेलसहितसँग केहीबेर कुराकानी गरेका थिए। 

सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएको छ। र, एमालेको माधव नेपाल पक्ष दल विभाजनका लागि तयारी गरिरहेका छन्।

माधवकुमार नेपाल केपी शर्मा ओली नवराज सिलवाल

विशेष