News

अध्यादेश विरुद्ध ओलीको काउण्टर, केन्द्रीय सदस्य संख्या २६० पुर्याईयो

अध्यादेश विरुद्ध ओलीको काउण्टर, केन्द्रीय सदस्य संख्या २६० पुर्याईयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएर अद्यावधिकका लागि निर्वाचन आयोगमा सूची बुझाएको छ । केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा २० प्रतिशत संख्या पुगे दल विभाजन गर्न सकिने प्रावधान राखेर सरकारले अध्यादेश ल्याएपछि एमालेले नयाँ केन्द्रीय समितिमा ५७ जना थपेर अद्यावधिक गराएको हो ।

२०३ जनाको केन्द्रीय सदस्यको संख्या बढाएर ओलीले २६० पु¥याउने निर्णयसहितको पत्र आयोगमा पुगेको छ। अग्नि खरेल र बाबुराम दाहालसहितको टोली मंगलबार निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ । तर निर्वाचन आयोगको प्रक्रिया पूरा हुन अझै २–४ दिन लाग्ने आयोगको भनाई छ।
 
आयोगमा बुझाइएको नाममा माधवकुमार नेपाल समूहमा रहेका प्रकाश ज्वालावाहेक कसैको पनि नाम काटिएको छैन । 

सरकारले मंगलबार दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।

केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा २० प्रतिशत संख्या पुगे दल विभाजन गर्न सकिने प्रावधान राखेर सरकारले अध्यादेश ल्याएपछि एमालेले नयाँ केन्द्रीय समितिमा ५७ जना थपेर अद्यावधिक गराएको हो । एमालेले यसअघि २०७७ चैत ७ गते माओवादी छोडेर एमाले प्रवेश गरेका २३ नेताहरुलाई थपेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी रुपान्तरण गरेको थियो । त्यसबेलाको संख्या २ सय ६५ थियो ।

केपी शर्मा ओली अध्यादेश शेरबहादुर देउवा

विशेष