News

नयाँ पार्टी गठन गर्ने माधव नेपालको घोषणा, ओलीसँग सिट वाँडेर चुनाव लड्ने

नयाँ पार्टी गठन गर्ने माधव नेपालको घोषणा, ओलीसँग सिट वाँडेर चुनाव लड्ने

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन् । केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गर्दै उनले अव नयाँ पार्टी गठन गर्नुको विकल्प नभएको वताएका हुन् ।

‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं’ उनले भने–‘अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’

मंगलवार आन्तरिक बैठकलाई सम्बोधन गर्दै नेता नेपालले अहिले विभाजन भए पनि एकताको ढोका खुला रहने र अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुने बताए ।

नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताए ।

सिंहदरबार र होटल अर्यालमा नेता नेपालले आफू पक्षीय नेता र सांसदहरुसँग छलफल गरिरहँदा पनि नेता भुसालले पार्टी एकता बचाउन अन्तिम प्रयास गर्नुपर्नेमा जोड दिएका थिए। नयाँ पार्टी खोल्ने नेता नेपालको कुरामा हस्तक्षेप गर्ने भुसालले आफूले अझै पनि ओलीसँग सम्वाद गर्ने भन्दै रोकेका थिए। 

‘मसँग एमाले एकताको कुरा गर्न गएका थिए कमरेड घनश्याम भुसाल। यसअघि पनि एकता प्रयास अघि बढाउँदा हामीले ओलीलाई शंकाको लाभ दिएको हो’, उनले भने, ‘अगाडि सारिएका कुरालाई व्यहारमा पुष्टि हुन्छ भने वार्ता टोली गठन भए। वार्ता नाटकका रुपमा परिणत भए। केपी ओली एकलौटी अघि बढे। जेठ २ मा फर्किने अवस्था भएन। आज त प्रकाश ज्वालालाई पार्टीबाटै निकाले छन्।’

ओलीले आफूलाई गद्दारको उपाधि दिएको पनि नेपालले बताए। 

१४ जनालाई कारबाही 

एमालेको आजै बसेको संसदीय दलको बैठकपछि माधव नेपाल र रामकुमारी झाँक्रीसहितका १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको छ। 

उनीहरुमाथि कारबाही गरिएको जानकारी एमालेले निर्वाचन आयोगलाई पनि पठाएको छ।  माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई कारवाही गरिएको जनाईएको छ।

माधवकुमार नेपाल नयाँ पार्टी

विशेष