News

कसले सार्वजनिक गर्यो भाउजु सांसदको चुम्मन तस्विर ?

कसले सार्वजनिक गर्यो भाउजु सांसदको चुम्मन तस्विर ?

लुम्बिनीको सरकार हेरफेरका क्रममा सबैभन्दा चर्चामा आएको नाम हो– विमला खत्री वली (भाउजु सांसद) । मंसिर ०७६ मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट दाङ क्षेत्र नम्बर ३ (ख) बाट विजयी विजयी भएकी थिइन् ।

२४ माघ ०७५ मा घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा परेका उनका पति उत्तर वलीको १० फागुन ०७५ मा उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो ।

उत्तरकुमारको निधन भएपछि उपनिर्वाचनका लागि तत्कालीन नेकपाले उनकी विधवा पत्नी विमलालाई मैदानमा उठाएको थियो ।विमलाले ५ हजार १०४ मतान्तरले कांग्रेसका उम्मेदवारलाई हराएकी थिइन् ।

कहिले एमाले त कहिले माओवादी केन्द्रतिर लागिरहेकी उनी पछिल्लो पटक १५ साउनमा दाङबाट मुख्यमन्त्री पोखरेलको बुटवल निवासमा पुगिन र १६ साउनमा आफु आएर एमालेमै रहेको भन्दै विज्ञप्ति नै निकालिन् ।

तर, २१ साउनमै उनी माओवादी दलको कार्यालयमा पुगेर आफूलाई मुख्यमन्त्री निवासमा बन्धक मात्रै बनाएको बताइनन् वाथरुमको चप्पल लगाएर भागेर आएको समेत उल्लेख गरिन् । यस्तै कृयाकलाका कारण वली लगातार चर्चामा आईरहिन ।

अहिले फेरी उनको चर्चा सुरु भएको छ। तर, अहिलेको चर्चा भने उनको ब्यक्तिगत जिवनसँग सम्वन्धित छ । अहिले  सांसद वली वाईसीएल कार्यकर्ता एकराज बस्नेतसँगको ‘अप्राकृति तस्बिर’ का कारण चर्चामा छिन् । यो तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एमाले र माओवादी पंक्तिमा खैलाबैला मच्चिएको छ  ।

स्वयं बस्नेतको फेसबुक स्टोरीमा देखिएको यो तस्बिर केही समयमा हटाइएको थियो  । तस्बिरमा सांसद विमलाले बस्नेतलाई चुम्बन गरेकी छन्  । विमलाको सिउँदोमा सिन्दूरसमेत रंगिएको छ  । एकल महिला सांसद वलीको सिउँदो सिन्दुरले लपक्कै भरिँदा बस्नेतसँग लगन गाँठो कसेको पो हो की भनेर चर्चा चुलिएको छ । भने कतिपयले भने पति उत्तरकुमार जिवितै छँदा विमलाले अप्राकृतिक सम्वन्ध वनाएको त होईन ? भन्ने आशंका समेत गरेका छन् ।

बस्नेतसँगको घनिष्ट सम्बन्धकै कारण विमला अहिले माओवादीको सम्पर्कमा पुगेको र उनले ऋण तिर्न पैसा लिएको चर्चा चुलिएको थियो । वाईसीएल कार्यकर्ता बस्नेत भने उक्त तस्बिर कसरी आफ्नो फेसबुकमा देखियो भन्नेमा अनभिज्ञता दर्शाएको समाचार सार्वजनिक भएका छन् । 

वाईसीएल नेता बस्नेत विवाहित भएको उनको फेसबुक प्रोफाईलबाट थाहा पाउन सकिन्छ । एकदिन अघिमात्रै उनले फेसबुकमा पत्निसहितको फोटो सार्वजनिक गर्दै वैवाहिक वर्षगाँठको शुभकामना व्यक्त गरेका छन् । 

यस विषयमा सांसद वलीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आइनन् ।

विमला वली विमला खत्री वली चुम्मन

विशेष