News

नेपाली काँग्रेस अवैधानिक भएको भन्दै खारेज गर्न निर्वाचन आयोगमा उजुरी

नेपाली काँग्रेस अवैधानिक भएको भन्दै खारेज गर्न निर्वाचन आयोगमा उजुरी

नेपाली काँग्रेसको विधानमा पार्टीको केन्द्रिय महाधिवेशन प्रत्येक चार वर्षको हुने व्यवस्था छ । तर १३औँ महाधिवेशन भएको ६ वर्ष वितिसक्दा समेत १४औँ महाधिवेशनको टुंगो लागेको छैन । यहि कानुनी आधारलाई टेकेर अधिवक्ता सरोज बुढाथोकीले मंगलबार निर्वाचन आयोगमा नेपाली काँग्रेसको दल दर्ता खारेज गर्न निवेदन पेश गरेकाछन् ।

नेपाली काँग्रेसको १३औँ महाधिवेशन २०७२ फागुन २० गतेदेखि २३ गते सम्म भएको थियो । जसअनुसार २०७६ फागुन २३ गते महाधिवेशनको कार्यकाल समाप्त भएको हुनाले नेपालको संविधान अनुसार काँग्रेसले दलिय हैसियत गुमाएको निवेदनमा उल्लेख छ । संविधान र संघिय कानुन बमोजिम नेपाली काँग्रेसले दलिय हैसियत गुमाएको हुनाले दल दर्ता किताबबाट हटाइदिन निवेदनमा माग गरिएको छ । 

नेपाली काँग्रेस

विशेष