News

आजदेखि रेडियो क्यान्डिड नियमित प्रसारणमा

आजदेखि रेडियो क्यान्डिड नियमित प्रसारणमा

रेडियो क्यान्डिड ९२.७ मेगाहर्जको नियमित प्रशारण आज, भदौ १ गते, शुरू भएको छ ।

पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिड काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा चौबीसै घण्टा प्रसारण हुनेछ । रेडियो आज बिहान ६ बजे समाचार प्रसारणबाट शुरू भएको हो ।

‘भ्वाइस अफ युथ एफएम’ नामले सन् २०१५ देखि प्रसारण भइरहेको रेडियो नयाँ व्यवस्थापनमार्फत ‘रेडियो क्यान्डिड’ नामले प्रसारण शुरू भएको हो ।

रेडियो क्यान्डिड स्थानीय रेडियोहरूसँगको सहकार्यमा र आफ्नो प्राविधिक पक्षमा विस्तार गर्दै निकट भविष्यमा देशभर प्रसारण गर्ने लक्ष्य रहेको रेडियो स्रोतले बताएको छ ।

रेडियो क्यान्डिडको प्रसारण सेवा यसको आधिकारिक फेसबुक पेज, ट्वीटर, सबैभन्दा बढी डाउलोड हुने एप ‘हाम्रो पात्रो’, खबरहब एप र रेडियो क्यान्डिडको आधिकारिक वेबसाइटमा पनि उपलब्ध छ ।

रेडियो क्यान्डिडको नियमित प्रसारण शुरू भएको अवसरमा पेभिलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले श्रोता, विज्ञापनदाता, शुभेच्छुक तथा परामर्शदाताहरू सबैमा आभार प्रकट गरेका छन् ।

रेडियोले बिहान ६ बजे, १० बजे, अपराह्न १ बजे, ४ बजे, साँझ ७ बजे र राति ९ बजे आधा घण्टाको मुख्य समाचार बुलेटिन प्रसारण गर्नेछ । साथै प्रत्येक घण्टा संक्षिप्त ‘क्यान्डिड समाचार’ प्रसारण गर्नेछ ।

रेडियो क्यान्डिड

विशेष