News

दलसम्बन्धि अध्यादेशको विरोध गर्ने युवा सघंमाथि प्रहरीको भाटे कारबाही

दलसम्बन्धि अध्यादेशको विरोध गर्ने युवा सघंमाथि प्रहरीको भाटे कारबाही

नेकपा (एमाले)को भातृसंगठन राष्ट्रिय युवा संघमा आबद्ध नेता–कार्यकर्ताको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको विरोधमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । मंगलबार बेलुका नयाँ बानेश्वरमा प्रदर्शन गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको हो ।

नाराबाजीसँगै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।

पार्टी र संघको झन्डासँगै सडकमा उत्रिएका उनीहरूले मसाल जुलुससमेत प्रदर्शन गरेका थिए  ।

युवा संघ

विशेष