पश्तून समूहद्वारा अफगानिस्तानको सरकारी मिडियाका प्रमुखको हत्याको निन्दा
एम्स्टर्डम । पश्तून ताहफुज आन्दोलन (पीटीएम) युरोप च्याप्टरले अफगानिस्तानको सरकारी मिडियाका प्रमुखको लक्षित हत्याको कडा निन्दा गरेको छ । तालिबानी समूहले मिडिया प्रमुख दावा खान मेनापालको राजधानी काबुलको दारुल अमान रोडमा शुक्रबार गोली हानी हत्या गरेको थियो ।
शुक्रवार एक विज्ञप्ति जारी गर्दै पीटीएमले भन्यो, "अफगानिस्तानका राजधानी काबुलमा दावा खानको कायरतापूर्वक गरिएको लक्षित हत्याको पीटीएम युरोप च्याप्टर घोर निन्दा गर्दछ । दावा खान एक शान्तिपूर्ण र दयालु व्यक्ति भएको र उनी एक पत्रकार र लेखक थिए । उनी मिडिया सूचना केन्द्रको निर्देशकको रुपमा देशको सेवामा लागिरहेका थिए ।"
"उनी अभिव्यक्ति स्वतन्त्रताको कट्टर समर्थक थिए र सधैं अफगानीहरुलाई सत्य जानकारी प्रदान गर्ने लक्ष्य राख्थे । उनको हत्याको जिम्मेवार तालिबानले लिएको थियो, अफगानिस्तानका बुद्धिजीवीहरु, मानवअधिकार कार्यकर्ताहरु र स्वतन्त्रताका समर्थकहरुमा घातक हमला भएको अब अफगान जनताहरु आफैं सशक्त भएर तालिबानी समूहको सामना गर्नुपर्छ ।"
तालिबानी समूहले अफगानिस्तानका बुद्धिजीवीहरुको लक्षित हत्या पाकिस्तानी आईएसआईको कारबाहीको विशेषतासँग मिल्दोजुल्दो भएको बताइएको छ । यसअघि संयुक्त राज्य अमेरिकाले अफगानिस्तान सरकारको मिडिया सूचना केन्द्रका निर्देशकको हत्याको निन्दा गरेको थियो ।