News

अफ्गानिस्तानवाट १२७ नेपालीको उद्वार, नेपाली सेनाको जिम्मा

अफ्गानिस्तानवाट १२७ नेपालीको उद्वार, नेपाली सेनाको जिम्मा

अफगानिस्तानमा विद्रोही समुह तालिवानको कब्जापछि त्यहाँ कार्यरत नेपालीहरू फर्किने क्रम शुरू भएको छ । काबुलस्थित अमेरिकी दूतावासलगायत विभिन्न कंपनीमा काम गर्ने १२७  नेपाली आज अमेरिकी दूतावासकै पहलमा स्वदेश फर्किएका छन् ।

उनीहरूलाई चार्टर्ड विमानमार्फत कुबेत हुँदै नेपाल ल्याएको हो। उनीहरू जजिरा एयरको विमानबाट मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हुन्। उनीहरूको स्वागतमा काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी विमानस्थल पुगेका थिए।

त्यहाँवाट फर्किएका अधिकांश नेपालीहरु त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा मलिन र त्रसित अनुहारमा देखिएका थिए । उनीहरूले आफूहरू सुरक्षित फर्केको र अरु नेपालीलाई पनि छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

काठमाडौं आइपुगेका सवैलाई धापासीस्थित आइसोलेसन सेन्टर लगिएको छ। उनीहरूलाई व्यवस्थापनको लागि नेपाली सेनाको जिम्मा लगाइएको जनाईएको छ। 

आइसोलेसनमा सबैको एन्टिजेन परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि सम्बन्धित ठाउँमा पठाइने सेनाले जनाएको छ। 

अफगानिस्तान तालिवान अमेरिकी दूतावास स्वदेश फिर्ता

विशेष