News

एमाले र संसदीय दल विभाजन गर्ने कुनै पनि षड्यन्त्र क्षम्य हुदैनः ओली

एमाले र संसदीय दल विभाजन गर्ने कुनै पनि षड्यन्त्र क्षम्य हुदैनः ओली

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले दल विभाजन अध्यादेश ल्याउने सरकारी तयारीको आलोचना गरेको छ। पार्टीको स्थायी कमिटीले एमालेलाई विभाजन गर्नका लागि अध्यादेश ल्याइएले प्रतिवाद गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । 

एमाले स्थायी कमिटीको वैठक मंगलबार वसेको थियो । ज्ञवालीले अध्यादेश ल्याएपछि एमालेबाट पदलोलुप केही नेता बाहिरिने वताए । सरकारको यस्ता क्रियाकलापले मुलुकलाई संकटतिर धकेल्ने पनि ज्ञवालीको भनाइ थियो ।

गठबन्धन सरकारका असंसदीय, अलोकतान्त्रिक कदमको सशक्त प्रतिवाद गर्ने पनि एमालेले निर्णय गरेको छ । पार्टी विभाजनको विरुद्ध र एकताको पक्षमा उभिन पनि एमाले स्थायी कमिटीले पार्टीका नेता र कार्यकर्ताहरूलाई आह्वान गरेको छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हिजोदेखि अन्त्य गरेको संसद बैठकलाई एमाले विभाजित गर्न खोजिएको षड्यन्त्र भनेका थिए । 

संसद बैठक अन्त्य गर्ने र राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीलाई उनले एमाले विभाजित गर्न खोजिएको खेलको आरोप लगाए।

ओलीले जारी गरेको वक्तव्यमा नेकपा एमाले र संसदीय दल विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन नसक्ने ठहर गरिएको छ ।

केपी शर्मा ओली अध्यादेश शेरबहादुर देउवा

विशेष