News

दल विभाजन सम्वन्धी अध्यादेशमा परामर्श गर्न देउवा शितल निवासमा

दल विभाजन सम्वन्धी अध्यादेशमा परामर्श गर्न देउवा शितल निवासमा

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। मन्त्रिपरिषदले सिफारिस गरेको दल विभाजनसम्बन्धी अध्यादेशलगायतका विषयमा छलफल गर्न देउवा शितल निवास पुगेका हुन ।

मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्वन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। अध्यादेश प्रमाणीकरण लगायतका विषयमा राष्ट्रपतिसँग परामर्श गर्न देउवा शीतल निवास पुगेको बताइएको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेका दल विभाजन गर्न सक्ने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो। अध्यादेश ल्याउने सरकारको निर्णयसँगै अब फुटको संघारमा रहेका नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन हुन सजिलो हुने भएको छ।

जसपामा महन्थ ठाकुर पक्षले आधिकारिकता गुमाइसकेको छ। अध्यादेशसँगै उनीहरुलाई बाहिरिनका लागि ढोका खुल्नेछ। मौजुदा कानुन अनुसार भने दल विभाजनका लागि संसदिय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुग्नु पर्ने ब्यवस्था छ।

एमाले र संसदीय दल विभाजन गर्ने कुनै पनि षड्यन्त्र क्षम्य हुदैनः ओली

महन्थ ठाकुर पनि देउवाको सरणमा, अध्यादेश आफु अनुकुल ल्याउन आग्रह

अध्यादेश ल्याएर एमाले फुटाउन संसद अधिवेशन अन्त्य !

एमाले फुटाउन ओलीले ल्याएको अध्यादेश ब्युँताउने देउवाको तयारी

केपी शर्मा ओली अध्यादेश शेरबहादुर देउवा

विशेष