अध्यादेशमा शेखर कोईरालाको टिप्पणी – ओलीले ल्याउँदा गलत, देउवाले ल्याउँदा सही ?

सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको कांग्रेसकै नेता÷कार्यकर्ताले विरोध गर्न थालेका छन् ।
कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे। उनले ओली सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने अनि अहिले आफैं सरकारको नेतृत्वमा गएपछि पुनः त्यही अध्यादेश ल्याउने ? भन्दै प्रश्न गरे।
‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीले पनि अध्यादेश ल्याउँदा कांग्रेसले विरोध ग¥यो तर अहिले आफैं सरकारको नेतृत्वमा गएपछि पुनः त्यही गल्ती दोहो¥याउन मिल्छ ?’ उनको प्रश्न थियो।
प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको संस्कार विपरित काम गरेको उनले टिप्पणी गरे । ‘चलिरहेको संसद हठात् अन्त्य गरेर राजनीति दल सम्बन्धी ऐन अध्यादेश ल्याएर अन्य दललाई विभाजन गर्ने कांग्रेसको संस्कार होईन’ उनले भने–‘सरकारले संसद्लाई बलियो बनाएर अघि बढ्नुपर्ने अवस्थामा हठात् संसद् अन्त्य गरेर अध्यादेशमार्फत देश चलाउनु आवश्यक छ ?’
हालै लामो समय पार्टीको केन्द्रीय कार्य समितिको बैठक चल्दा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेशको बारेमा कुनै चर्चा नगरेको उनले सुनाए ।