News राजनीति

प्रदेशसभा सदस्य शाही र वलीलाई पदमुक्त गर्न सभामुखलाई एमालेको पत्र 

प्रदेशसभा सदस्य शाही र वलीलाई पदमुक्त गर्न सभामुखलाई एमालेको पत्र 

नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका दुई जना सदस्यलाई पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको छ । प्रदेश सभा सदस्य द्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न एमालेले पत्र वुझाएको हो ।

शाही र वलीले पार्टी तथा संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको एमाले संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले वताए । सूर्य चिह्न लिएर निर्वाचित शाही प्रदेश सरकारका विना विभागीय मन्त्री हुन् ।

शाही ०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ (ख) बाट निर्वाचित भएका थिए भने वली ०७६ मा तत्कालीन नेकपाका तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट उपनिर्वाचनमा निर्वाचित भएकी थिइन्। 

वलीले माओवादी प्रवेश गरेको बताएकी छन् भने शाहीले आफूलाई स्वतन्त्र सांसद भएको दवाी गर्दै नेकपा एमालेको ह्विप नलाग्ने वताउँदै आएका छन् । 

नेकपा एमाले पदमुक्त विमला खत्री वली अजय शाही

विशेष