News

पार्टीबाट गद्धारहरु निस्केर गए, अब एमाले थप उर्जाका साथ अगाडि बढ्छः लालबाबु पण्डित

पार्टीबाट गद्धारहरु निस्केर गए, अब एमाले थप उर्जाका साथ अगाडि बढ्छः लालबाबु पण्डित

माधव नेपाल सहित नेताहरुले नयाँ दल दर्ता गरेपछि नेकपा एमालेका नेता तथा पुर्व मन्त्री लालबाबु पण्डितले पार्टीबाट केहि गद्धारहरु निस्केर गएको प्रतिक्रिया दिएकाछन् । निहित स्वार्थमा लागेर नयाँपार्टी दर्ता गरेको भन्दै नेता पण्डितले यस्तो प्रतिक्रिया दिएका हुन् । 

अहिले नयाँ दल दर्ता गर्न लागेका नेताहरु लामो समयदेखि पार्टीमा घात गर्दै आएको समेत उनले बताएकाछन् । उनले भने, 'निहित स्वार्थ पुरा गर्नका लागि पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रधानमन्त्री शेरबहादुर देउवाको उक्साहटमा लागेर राजनितिक र बैचारिक प्रतिद्धन्द्धिलाई फाईदा पुग्ने गरेर पार्टी  विभाजन गरिएको छ । गद्धारहरुले कम्यूनिष्ट आन्दोलनको कलंकित इतिहाँस रचेकाछन् । भविष्यमा नयाँपुस्ताले इतिहाँस पढ्छन् । नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकाले जनता माझ लोकप्रिय छ । हामी पुरानो ठाउँबाट पार्टीलाई अझै माथि उठाउने गरी अगाडि बड्छौँ ।' 

लालबाबु पण्डित

विशेष