News

एमाले विभाजनपछि लालबाबु पण्डितले भावुकहुँदै भनेः कम्युनिष्ट आन्दोलनको कलंकित इतिहाँस दर्जभएको दिन

एमाले विभाजनपछि लालबाबु पण्डितले भावुकहुँदै भनेः कम्युनिष्ट आन्दोलनको कलंकित इतिहाँस दर्जभएको दिन

माधव नेपाल सहित नेताहरुले नयाँ दल दर्ता गरेपछि नेकपा एमालेका नेता तथा पुर्व मन्त्री लालबाबु पण्डितले कम्यूनिष्ट आन्दोलनको कलंकित इतिहाँस रचिएको दिन आज भएको प्रतिक्रिया दिएकाछन् । नेपाल आजसँग फोनमा बोल्दै नेता पण्डितले यस्तो प्रतिक्रिया दिएकाहुन् । 

फोनमा भावुक लवजमा बोलेका नेता पण्डित भन्छन्, 'साथिहरुले निहित स्वार्थ पुरा गर्नका लागि दल दर्ता गर्नु भएको छ । यो कम्युनिष्ट इतिहाँसमै कलंकित दिन भनेर भविष्यमा नयाँपुस्ताले इतिहाँस पढ्छन् ।'

अहिले नयाँ दल दर्ता गर्न लागेका साथिहरु लामो समयदेखि पार्टीमा घात गर्दै आएको समेत उनले बताएकाछन् । उनले भने, निहित स्वार्थ पुरा गर्नका लागि पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रि शेरबहादुर देउवाको उक्साहटमा लागेर राजनितिक र बैचारिक प्रतिद्धन्द्धिलाई फाईदा पुग्ने गरेर पार्टी विभाजन गरिएको छ । 

पण्डित भन्छन्, नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकाले जनता माझ लोकप्रिय छ । हामी पुरानो ठाउँबाट पार्टीलाई अझै माथि उठाउने गरी अगाडि बड्छौँ ।
 

लालबाबु पण्डित

विशेष