News अपराध सुरक्षा

तालिवानको नेपाल सम्वन्धः २१ वर्षअघि काठमाण्डौंवाट यसरी गरेका थिए विमान अपहरण

तालिवानको नेपाल सम्वन्धः २१ वर्षअघि काठमाण्डौंवाट यसरी गरेका थिए विमान अपहरण

तालिवान विद्रोहीहरूले अफगानिस्तान कब्जामा लिएपछि त्यहाँको अवस्था तनावपूर्ण छ। कतिपय मानिस राजधानीबाट भाग्न निकै हतारिएका र कतिपय घरभित्र लुकिरहेको जनाईएको छ ।

राजधानी काबुलको सुरक्षा अवस्था अस्तव्यस्त भएको छ। काबुलबाट उड्ने व्यावसायिक उडानहरू रोकिएपछि मानिसहरु अन्योलमा परेका छन । तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ रहेका हजारौं नेपाली समेत समस्यामा छन् ।

पछिल्लो पाँच वर्षमा श्रमस्वीकृति लिएर गएका मात्रै पनि ६ हजार ६ सय ३७ जना नेपाली अफगानिस्तानमा छन् । त्यसबाहेक कयौँ नेपाली अफगानिस्तानमा रहेको अनुमान गरिएको छ । उनीहरु अवैधानिक रहेकाले अहिले त्रास र चिन्तामा छन् । उनीहरु सबै तत्काल फर्किने अवस्था छैन। तर, केही नेपालीलाई घर फर्काउने क्रम सुरु भएको छ। मंगलवार मात्रै १२७ जना नेपाली स्वदेश फर्किएका छन् । वाँकी नेपालीहरु अहिले पनि त्रासमा वस्न वाध्य छन् ।

विद्रोही समुह तालिवानका कारण नेपालीहरु त्रास र चिन्तामा वस्नु परेको यो नै पहिलो घट्ना होईन । तालिवानसँग नेपालको पुरानो सम्वन्ध जोडिएको छ । हुन त अहिले पनि नेपालमा तालिवानहरुको आवत जावत रहेको अनुमान गरिन्छ। तर, करिव २१ वर्षअघि भने तालिवानले नेपालको भुमी प्रयोग गरेर भारतीय विमान अपहरण गरेका छन् । 

जस्को असर नेपालले अहिले पनि भोग्दै आएको छ। सोहि घटनाका कारण भारतले नेपालको सुरक्षा संवेशनशिलतालाई गम्भिर रुपले लिने गरेको छ। अर्कोतर्फ तालिवानले नेपालको भुमी प्रयोग गरेर जुनसुकै वखत अप्रिय घटना घटाउन सक्नेमा भारत सदैव सशंकित छ। 

यस्तो थियो विमान अपहरण घट्ना
सन १९९९ डिसेम्वर २४ शुक्रवार काठमाण्डौंवाट दिल्लीका लागि उडेको इण्डियन एयरलाइन्सको आईसी– ८१४ विमान हतियारधारी आतंकवादी समुहले अपहरण गर्यो । १७६ यात्रु र १५ चालक दलका सदस्यसहित अपहरणमा परेको यो विमान छुटाउनका लागि भारत सरकारले तीन जना आतंककारीलाई मुक्त गर्नु परेको थियो ।

भारतीय जेलमा रहेका मौलाना मसुद अजहर, उमर शेख र अहमद जरगरलाई रिहा गरेर भारत सरकारले उक्त विमानलाई अपहरण मुक्त गरेको थियो ।

इण्डियन एयरलाईन्सको विमान आईसी ८१४ ले काठमाण्डौ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट भारतको दिल्लीस्थित इंदिरा गांधी अन्तराष्ट्रिय विमानस्थलका लागि उडान भरेको थियो । साँझ साढे ५ वजे विमान जव भारतीय हवाई क्षेत्रमा प्रवेश गर्यो, तव आतंवादीले विमान अपहरण गरेको सुचना दिए । अनि उनीहरुले विमानलाई अमृतसर, लाहौर र दुवई हुँदै अफगानिस्तानको कन्धार पुर्याए।

कन्धार जानु भन्दा पहिला विमान दुवईमा अवतरण गराईएको थियो । त्यहाँ १७६ यात्रु मध्ये स्वास्थ्य अवस्था कमजोर भएका २७ जना यात्रुलाई छोडिएको थियो । अपहरणकारीले डर देखाउन अपहरणको केहि घण्टापछि नै २५ वर्षका रुपन कात्याललाई छुरा प्रहार गरेका थिए । 

विमान अपहरण गरेपछि अपहरणकारीले सुरुमा भारत सरकारसँग भारतीय जेलमा रहेका ३५ उग्रवादीको रिहाई तथा २ सय मिलियन अमेरिकी डलर माग गरेका थिए । तर, ८ दिनको वार्तापछि (३१ डिसेम्वर) अपहरणकारी तीन कैदीलाई रिहा गरे विमान मुक्त गर्ने कुरामा सहमत भए ।

सहमतिपछि अटल विहारी वाजपेयी सरकारका विदेश मन्त्री जसवंत सिंह स्वयम् तीन जना आतंकारीहरुलाई लिएर कन्धार पुगे । त्यसपछि यात्रुहरुले भरिएको विमान मुक्त अपहरण मुक्त भयो।
 
कहाँ छन् भारतवाट छुटेका आतंककारी ?


भारतीय जेलवाट मुक्त भएपछि मसुद अजहरले पाकिस्तामा जैस–ए–मोहम्मद नामको आतंककारी संगठन खोले । त्यसपछि उनले भारतमा धेरै पटक र डरलाग्दा आक्रमण गरेको जनाईन्छ। भारतीय संसद हमला, मुंवई हमला, पठानकोट एयरवेस हमला र पुलवामा भएको हमलामा उनको संलग्नता रहेको भारतले दावी गर्दै आएको छ । पुलवामा हमलापछि संयुक्त राष्ट्रसंघले मसुद अजहरलाई फरार घोषित गरेको छ।

यसैगरी, उमर शेखले सन २००२ मा ‘वाल स्ट्रीट जर्नल’ का पत्रकार डेनियल पर्लको हत्या गरे । यस घटनामा उनी र उनका साथिलाई फाँसीकी सजाय सुनाईएको थियो । तर, पाकिस्तानको सिंध हाईकोर्टले डिसेम्वर २०२० मा सवैलार्ई रिहा गर्यो । 

भारतीय जेलवाट छुटेका मुस्ताक अहमद जरगरले कस्मीरमा कयौं पटक ग्रिनेट हमला गरेको भारतीय सुरक्षा अधिकारीहरुको दावी छ। करिव २ वर्षअघि सिआरपीएफका जवानमाथि भएको आतंककारी हमलामा उनको संलग्नता रहेको जनाईएको छ । उनी कस्मिरकै वासिन्दा हुन ।

मसुद अजहरको नजिक मानिने मुस्ताक विरुद्ध दर्जनौं हत्याका आरोप छन् ।
 

तालिवान विमान अपहरण अफगानिस्तान इण्डियन एयरलाइन्सको आईसी– ८१४

विशेष