News

चुम्वन तस्विरमा भाउजु सांसदको प्रतिक्रियाः माओवादीमा लागेपछि फसाउन खोजियो

चुम्वन तस्विरमा भाउजु सांसदको प्रतिक्रियाः माओवादीमा लागेपछि फसाउन खोजियो

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली (भाउजु सांसद) ले सामाजिक सञ्जालमा भाइरल भएको तस्बिर आफ्नो नभएको बताएकी छिन्। बुधबार नेपाल आजसँग कुरा गर्दै सांसद वलीले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट भएको उक्त तस्बिर आफ्नो नभएको प्रतिक्रिया दिईन।

उक्त तस्विर आफनो नभएको दावी गरिरहँदा उक्त तस्विरका कारण आफु मानसिक तनावमा परेको पनि उनले वताईन । 

वाईसीएल कार्यकर्ता एकराज बस्नेतसँगको ‘अप्राकृति तस्बिर’ का कारण चर्चामा रहेकी सांसद वली कुराकानीका क्रममा समेत असहज महसुस गरिरहेकी थिईन । उनको यो तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी मात्र होईन एमाले र माओवादी पंक्तिमा पनि खैलाबैला मच्चिएको छ  ।

एकराज वस्नेको फेसबुक स्टोरीमा पोस्ट भएको भनिएको उक्त तस्बिर केही समयमा हटाइएको थियो  । तस्बिरमा सांसद विमलाले बस्नेतलाई चुम्बन गरेकी छन्  । विमलाको सिउँदोमा सिन्दूरसमेत देखिन्छ।

तस्विरको वारेमा नेपाल आजले प्रतिक्रिया माग्दा आफु नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेको हुनाले एमालेभित्रको अराजक समुहले चरित्र हत्या गर्न खोजेको उनले दावी गरिन्। नेकपा एमालेले राजनितिक रिस साँध्न यस्ता षड्यन्त्र विगतदेखिनै गर्दै आएको उनी बताउँछिन् । ‘मेरो श्रीमानलाई पनि एमालेभित्रकै एउटी युवती परिचालन गरेर यसरी नै चरित्र हत्या गर्न लगाइएको थियो । त्यसको बारेमा मुद्दा नै परेको छ । त्यसरी नै मेरो पनि चरित्र हत्या गर्ने षडयन्त्र भएको हो’ उनले भनिन् ।

तस्बिरमा भएका पुरुष एकराज बस्नेत पार्टीको जुनियर कार्यकर्ता भएकाले भाई भन्ने गरेको सांसद वलीले बताइन् । तपाईको तस्बिर यसरी सामाजिक सञ्जालमा भाईरल हुँदासम्म किन प्रतिक्रिया नजनाउनु भएको त ? भन्ने प्रश्नमा आफु मानसिक रुपमा विक्षिप्त भएकाले कुनै प्रतिक्रिया दिन नसकेको उनले लाचारी ब्यक्त गरिन । उनले भनिन्–‘त्यो तस्बिर देखेपछि एकछिन् त बेहोस् नै हुन्छु जस्तो भयो । अहिले पनि तनावमा छु ।’ 


सांसद वलीले उक्त तस्विर आफनो नभएको र एकराज वस्नेतलाई भाई भन्ने गरेको वताए पनि उनलाई चिनेजानेकाहरुले भने फोटो उनकै भएको दावी गरेका छन् । भाई भनेकै मान्छेसँग यसरी अप्राकृतिक सम्वन्ध वनाउनु सामाजिक मर्यादा विपरित भएको उनीहरुको भनाई छ ।

ल्याब टेस्ट नभएको उक्त तस्बिरका बारेमा योङ कम्युनिस्ट लिग (वाइसीएल)का स्थानीय नेता एकराज बस्नेतले पनि बोल्न नचाहनुले सांसद वलीको दावी गलत भएको कुरालाई वल पुर्याएको छ।

यो पनि

कसले सार्वजनिक गर्यो भाउजु सांसदको चुम्मन तस्विर ?

भाउजु सांसद विमला खत्री वली चुम्वन तस्विर

विशेष