विदेश मुख्य समाचार राजनीति

आफ्नो नागरिकलाई मृत्युदण्ड दिने चीनको निर्णय स्वकार्य नहुने क्यानेडियन प्रधानमन्त्रीको चेतावनी 

आफ्नो नागरिकलाई मृत्युदण्ड दिने चीनको निर्णय स्वकार्य नहुने क्यानेडियन प्रधानमन्त्रीको चेतावनी 

 

टोरन्टो । क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो नागरिकलाई मृत्युदण्ड दिने चीनको निर्णयको निन्दा गर्दै स्वीकार्य नहुने चेतावनी दिएका छन् । चीनको एक अदालतले क्यानेडेली नागरिक माइकल स्पाभोरलाई मृत्युदण्डको सजाय सुनाएको छ । 

सन् २०१८ मा पक्राउ परेको स्पाभोरलाई यसअघि ११ वर्षको जेल सजाय सुनाएको थियो । उनलाई जासुसी गरेको आरोपमा यसअघि चीनको एक अदालतले ११ वर्षको जेल सजाय सुनाएको थियो । तर, पछि उनलाई मृत्युदण्डको सजाय सुनाएको हो । 

चीनको उक्त कदमको निन्दा गर्दै क्यानेडियन प्रधानमन्त्री ट्रुडोले माइकललाई मृत्युदण्ड सुनाउने चिनियाँ निर्णय अन्यायपूर्ण भएको र स्वीकार्य नहुने चेतावनी दिएका हुन् । उनलाई नियन्त्रणमा लिएका करिब साढे दुई वर्षपछि आएको उक्त फैसला जालसाजीपूर्ण भएको उनले बताएका छन् । 

कानुनी प्रक्रियामा कुनै पारदर्शीता नभएको र उनलाई लगाइएको आरोप पुष्टि गर्ने आधारहरु अन्तर्राष्ट्रिय कानुनी मापदण्डको आधारभूत कुराहरुमा पनि मेल खाएको नदेखिएको बताइएको छ । उनले निर्णय प्रक्रियामा कुनै स्वतन्त्र र पारदर्शीता नभएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय कानुनको कुनै प्रक्रिया अवलम्बन नगरिएको बताइएको छ । 

यसअद्धि अर्का क्यानेडी नागरिकलाई पनि चीने मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त सजायको पनि क्यानडाले चर्को विरोध गरेको थियो । डिसेम्बर २०१४ मा, शेलेनबर्गलाई हिरासतमा लिइएपछि जनवरी २०१५ मा लागुऔषध तस्करीको आरोप लगाइएको थियो । 

उनलाई सन् २०१४ मा १५ वर्ष जेल सजाय सुनाइएको थियो । शेलनबर्गले आफ्नो मूल सजायको अपील गरेपछि चीनको एउटा प्रान्तीय अदालतले उनलाई सन् २०१९ मा मृत्युदण्डको सजाय सुनाएको थियो ।

 

विशेष