News

सरकारी नुन खाएर प्रहरीमाथि ढुङ्गा हान्दा धोवी धुलाई खाने यी व्यक्ति को हुन्?

सरकारी नुन खाएर प्रहरीमाथि ढुङ्गा हान्दा धोवी धुलाई खाने यी व्यक्ति को हुन्?

दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा उत्रिएका नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियू र प्रहरीबीच झडप हुँदा दर्जनभन्दा बढी नेता कार्यकर्ता घाइते भएका छन्। काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी आरआर क्याम्पस अगाडि निकालिएको मसाल जुलुसलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो। प्रहरीमाथि नै विद्यार्थी नेता कार्यकर्ताले ढुङ्गा बर्साउन थालेपछि लाठी चार्ज गरिएको थियो ।

झडपमा विद्यार्थी संगठनका अध्यक्ष ऐन महर, सचिव आरसी लामीछानेलगायत नरेश रोकाय, उमेश आचार्य, अभिशेक सुवेदी, कमल दंगाना, प्रकाश भुजेल, र जयराम बास्तोलासहित दर्जन बढी नेता तथा कार्यकर्ता घाइते भएका छन् । महरले इट्टा उचालेर बसेको, प्रहरीलाई ताकेको फोटो सामाजिक संजालमा अहिले भाईरल भएको छ ।


त्यो सँगै अर्काे एक तस्बिर पनि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छाएको छ । अस्पतालको बेडमा खिचिएको उक्त तस्बिरमा एक जना युवकको पिठ्युमा सातवटा लाठीका डाम स्पष्टै देखिन्छन् । फोटोमा भएका व्यक्ति हुन् नन्दबहादुर रोकाय उर्फ नरेश  । प्रदर्शनीमार्गमा प्रर्दशनकारीहरु प्रहरीमाथि जाईलागेपछि प्रहरीले पनि  लाठी वर्साएको थियो । 

प्रहरीको धोवि धुलाई भेटेका रोकाय अनेरास्ववियुका स्थायी कमिटी सदस्य हुन् । उनले इश्वर पोखरेल उपप्रधानमन्त्री हुँदा नेपाल ट्रष्टमा नियुक्ति समेत खाएका थिए ।  हाल उनी नेपाल ट्रष्टका बोर्ड सदस्य हुन् । बाजुरा घर भइ कास्कीबाट अनेरास्वबियुको केन्द्रिय राजनितिमा उदायका रोकायलाई २०७७ असोज २२ गतेको मन्त्रिपरिषद्को बैठकले सदस्यमा नियुक्त गरेको थियो । रोकाय २०६७ देखी अनेरास्वबियूका केन्द्रिय सदस्यको रुपमा छन् ।

नेपाल सरकारको सरकारी दानापानी खाने यी व्यक्ति नै सडकमा प्रहरीमाथि ढुङ्गा प्रहार गर्न उत्रिएपछि आलोचना समेत भएको छ । पुर्व सचिव भिम उपाध्यायले फेसबुकमा रोकायले धोवि धुलाई भेटेपछिको फोटो सहित अन्य फोटो शेयर गरेर लेखेकाछन्, ऐन महरको  नेतृत्वमा शान्तिपूर्ण ढुंगामूढा तोडफोड भएको रहेछ । प्रहरीले पनि राम्रै रामधुलाई गरेको रहेछ। अध्यादेशको बिरोध गर्दै प्रहरीमाथि ढुंगामुढा गरिरहेका ऐन महर, सचिव आरसी लामिछाने लगायत नरेश रोकाय, उमेश आचार्य, अभिशेक सुवेदी, कमल दंगाना, प्रकाश भुजेल, र जयराम बास्तोलासहित दर्जन बढी नेता तथा कार्यकर्ताले प्रहरीको गोदाई भेटेछन् ।

प्रहरीमाथि ढुङ्गा धोवी धुलाई नन्दबहादुर रोकाय उर्फ नरेश

विशेष