News

निर्वाचनअघि नै पार्टी एकता गर्न प्रचण्ड–माधव सहमत, उपेन्द्र–बाबुराम पनि सकारात्मक

निर्वाचनअघि नै पार्टी एकता गर्न प्रचण्ड–माधव सहमत, उपेन्द्र–बाबुराम पनि सकारात्मक

स्थानीय तहको आगामी निर्वाचन अगाडि नै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी)बीच पार्टी एकता हुने भएको छ ।

नेपालका कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने हेतुका साथ प्रचण्ड र माधव पार्टी एकताको लागि आधारभूत रुपमा एकमत भएका छन् । हालै भएको एक भेटमा प्रचण्ड–माधव पार्टी एकताका लागि सहमत भएको माधव पक्षका एक केन्द्रीय सदस्यले बताए ।


‘हामीले एक्लै चुनाव लड्नका लागि र एउटा हाम्रो पनि पार्टी छ भन्नका लािग पार्टी खोलेका होइनौँ’ एमाले समाजवादीका एकजना केन्द्रीय सदस्य भन्छन्, ‘मुल कुरा भनेको नेपालको कम्युनिष्ट आन्दोलन एकीकृत बनाउने हो, हालैको एक भेटमा पनि अध्यक्षद्धय प्रचण्ड र माधव कमरेड एकताको लागि तयार हुनुभएको छ ।’

पार्टी एकता अगाडि नै माधव नेपालले देशभर आफ्नो पार्टीको संगठन बनाउनेछन् । ती केन्द्रीय सदस्यले थपे, ‘हामी पहिले देशैभर संगठन बनाउँछौँ, त्यसपछि जनवर्गीय संगठनहरु पनि बनाउँछौँ र त्यसपछि मात्रै एकताको प्रक्रिया हुन्छ ।’

प्रचण्डले पनि माओवादी एकताको मात्रै झण्डा उठाएर मुलुकको स्वाधीनतासँगै जनताको हित हुन नसक्ने भन्दै कम्युनिष्ट पार्टीहरुबीचको एकताको झण्डा उठाउनुपर्ने बताउँदै आएका छन् ।

प्रचण्ड र माधव नेपाल आफूहरुको मात्रै पार्टी एकता नभएर अन्य कम्युनिष्टहरुबीच पनि एकताको लागि प्रयास गर्ने निष्कर्षमा छन् ।

यसैबीच जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र उपेन्द्र यादव पनि सके पार्टी एकता नभए गठबन्धन बनाएर बनाएर जान सहमत भएका छन् । बाबुराम र उपेन्द्रले पार्टी एकताको लागि सम्भव नभएको खण्डमा संयुक्त मोर्चा बनाएर जानुपर्ने पक्षमा छन् ।

प्रचण्ड–माधव पार्टी एकता

विशेष