News विदेश

सरकार गठनका लागि तालिबानका सहसंस्थापक बरादर काबुल पुगे

सरकार गठनका लागि तालिबानका सहसंस्थापक बरादर काबुल पुगे

अफगानिस्तानमा नयाँ सरकार गठनका लागि तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादर काबुल पुगेका छन्। 

एएफपीका अनुसार काबुलमा रहँदा उनले तालिबानका अन्य सदस्य र नेतासँग कुराकानी गर्ने छनु । उनले एक समावेशी सरकार स्थापनाका लागि काबुलको जिहादी नेता र अन्य मानिसहरुलाई भेट्ने जनाईएको छ ।

बरादरलाई सन् २०१० मा पाकिस्तानबाट पक्राउ गरिएको थियो। सन् २०१८ मा उनलाई कतार पठाइएको थियो। दोहामा अमेरिकी सैनिकको फिर्ताको सम्झौतामा हस्ताक्षरका लागि तालिबानको राजनीतिक कार्यालयका प्रमुखमा उनलाई नियुक्त गरिएको थियो। 

बरादर मंगलबार कतारबाट अफगानिस्तानको दोस्रो ठूलो सहर पुगेका थिए। जसलाई तालिबानको जन्मस्थल पनि मानिन्छ।

विशेष