News

सरकारी मोटरसाईल लिएर कर्मचारी मदिरा पसलमा छिरेपछि...

सरकारी मोटरसाईल लिएर कर्मचारी मदिरा पसलमा छिरेपछि...

ड्युटीमा रहेका पुजारी साँझ नपर्दै मदिरा पिउन भट्टिमा छिरेका कारण सप्तरीको प्रशिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरको मस्तक चोरी भएको घट्ना सेलाउन नपाउँदै सरकारी तवल खाएका कर्मचारीहरु सरकारी सवारी साधन भट्टी अगाडि राखेर मदिरा सेवन गर्न थालेको विषयले अहिले सप्तरीमा चर्चा पाएको छ।

तिलाठी कोईलाडी गाउँपालिकाका कर्मचारीहरूले मदिरा सेवन गर्नका लागि पनि गाउँपालिकाको मोटरसाईकल दुरुपयोग गरिएको स्थानीयले आरोप लगाएका छन् । गाउँपालिकाका सूचना अधिकारी राजेश कुमार झा, कृषि शाखा प्रमुख उदायकान्त झा र इन्जिनियर भाष्कर सिंह स१ब १३७९ र स१ब १३८३ नम्बरको मोटरसाईकल लिएर हनुमाननगर कंकालनी नगरपालिकाको इनर्वामा मदिरा सेवनका लागि पुग्ने गरेको उनीहरुको भनाई छ।

अहिले मोटरसाईकल वाहिर राखेर उनीहरु मदिरा पसलमा छिरेको फोटो समेत सार्वजनिक गरिएको छ । गत बिहिबार राति करिब ७ बजेतिर तिन ओटा मोटरसाइकल मदिरा पसलमा फेला परेका थिए । त्यसमध्ये दुई ओटा मोटरसाईकल तिलाठि कोईलाडी गाउँपालिकाको रहेको खुलेको छ ।

हुन त सप्तरीमा सरकारी सवारी साधन लिएर मदिरा पसल छिर्ने गरेको यो पहिलो घटना भने होईन । जिल्लाका अधिकांश गाउँपालिका तथा नगरपालिकाका कर्मचारीदेखि जनप्रतिनिधिसम्म सरकारी गाडि लिएर पुर्वपश्चिम राजमार्गको विरेन्द्र वजार, रुपनी, कल्याणपुर तथा सिरहाको लहानसम्म पुग्ने गरेको श्रोतको दावी छ ।

तर, यस विषयमा सम्वन्धित निकायले भने खासै चासो राखेको पाईदैन ।

तिलाठी कोईलाडी गाउँपालिकाका सुचना अधिकारी राजेश कुमार झाले भने गत विहिवार दिनभरी बाढी पीडितलाई राहत बितरण गरिएको र फर्किदा खाजा खानका लागि पसलमा पसेको वताए । उनले खाजा खान गएको मौकामा फोटो खिचेर घट्नालाई अतिरन्जित गरिएको वताएका छन् ।

मदिराका कारण गाउँपालिका र कर्मचारी चर्चामा आए जस्तै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मस्तक (टाउको) चोरी भएको विषय पनि यसरी नै चर्चामा आएको थियो । ६ दशकअघि गुठीदाता ब्रजनाथ प्याकुरेलले मन्दिरमा चढाएको ५ सय ग्राम चाँदीको मस्तक गत साउन १७ गते साँझ चोरी भएको थियो । मस्तकको नाकमा सुनको टीका र नथिया छ।

ड्युटीमा रहेका पुजारी सुनीलकुमार मिश्र र गौरीशंकर ठाकुर मन्दिरको ढोका नलगाई मदिरा पिउन होटल छिरेको मौका पारी मस्तक चोरी भएको थियो । पुजारी श्रवणकुमार ठाकुरले भने कोरेक्स सेवन गरेको पाईएको थियो । 

तर, सोमबार बिहान विष्णुपुर गाउँपालिका–५ मझौका २३ वर्षीय राजेशकुमार मण्डलको साथवाट उक्त मस्तक वरामद भएको थियो । राजेश मानसिक रोगी भएको वडाध्यक्ष जिवछ मण्डलले जानकारी दिए । राजेशले यसअघि पनि गाउँकै रामजानकी मन्दिरबाट मूर्ति चोरेर घर ल्याएको उनको भनाई छ। 

मदिरा पसल सरकारी मोटरसाईल

विशेष