News

३१ जनाको वन्यो महन्थ–राजेन्द्रको केन्द्रीय कार्यकारिणी समिति

३१ जनाको वन्यो महन्थ–राजेन्द्रको केन्द्रीय कार्यकारिणी समिति

महन्थ ठाकुर र राजेन्द्र महतोको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ३१ जनाको केन्द्रीय कार्यकारिणी समिति कायम गरेको छ ।

समितिमा अध्यक्ष र दुई जना वरिष्ठ नेतासहित २८ जना सदस्य रहने जनाईएको छ । ठाकुरलाई अध्यक्ष  तथा महतो र शरतसिंह भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ। 

कार्यकारिणी सदस्यमा अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ला, वृषेशचन्द्र लाल, जितेन्द्रप्रसाद सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, राजकुमार लेखी, केशवकुमार झा, अकवाल अहमद शाह, निर्जला राउत र सुनिलकुमार झासहितलाई चयन गरेको छ। 

यसअघि उपेन्द्र यादवसहितको समूहसँग एक हुँदा जसपाले ५१ सदस्यीय कार्यकारिणी सदस्य बनाएको थियो। तर निर्वाचन आयोगमा आधिकारिकता विवाद पुग्दा यादव पक्षमा ३४ र ठाकुर पक्षमा १६ जना खुलेका थिए। 

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएपछि ठाकुर–महतो नेतृत्वको समूहले शुक्रबार नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको छ। जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम अस्विकृत भएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल राखेर अर्को निवेदन दिइएको छ। 

महन्थ ठाकुर राजेन्द्र महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

विशेष