News अर्थ

योजना आयोगको उपाध्यक्ष वनाउन यसरी भयो अदृष्य शक्तिको चलखेल !

योजना आयोगको उपाध्यक्ष वनाउन यसरी भयो अदृष्य शक्तिको चलखेल !

सरकारले १२ साउनमा अर्थविद् डा. विश्व पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ। यसैगरी, आयोगको सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर गुरूङ नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरवहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ र आयोगको उपाध्यक्षमा पौडेललाई नियुक्ति गरेसँगै नेपाली कांग्रेसमा विवाद सुरु भएको छ। पार्टीमा सल्लाह नै नगरी देउवाले आफुखुसी निर्णय गरेको भन्दै विवाद सुरु भएको हो । श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्ति गरेकोमा त सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव समुह) र जनता समाजवादी पार्टीका नेताहरुले समेत असन्तुष्टि जनाएका थिए ।

पौडेलको विषयमा भने कांग्रेस कार्यकर्ता वढि रुष्ट देखिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको वजेट वनाउने ब्यक्तिलाई कसरी योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरियो ? भनेर उनीहरुले प्रधानमन्त्री देउवासँग प्रश्न गरेको एक नेताले जानकारी दिए ।

ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडलले ल्याएको वजेट पौडेलले नै तयार गरेका थिए । देउवाको जानकारीमै पौडेलले ओली सरकारको वजेट तयार गरेको वताइन्छ। यसैगरी, गठवन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माले पनि ओली सरकारले त्याएको वजेटलाई नै निरन्तरता दिने छन्।

यो प्रकरणले कांग्रेस भित्र त असन्तुष्टि वढेको छ छ नै राजनीतिक वृत्तमा पनि आश्चर्य भएको प्रतिक्रियाहरु आईरहेका छन् । एमाले, कांग्रेस र माओवादी तिन वटै दलले एउटै वजेट र एउटै मान्छे कसरी स्विकारे ? भन्ने विषयमा कतिपय सांसदहरु नै अनभिज्ञ छन् । 

कतिपय नेता तथा सांसदहरु भने देशको अर्थतन्त्र सरकारले भन्दा पनि पश्चिमा देशको योजना अनुसार सञ्चालन भईरहेकोले यो अवस्था आएको वताउँछन् । मुलुकलाई धर्म निरपेक्ष घोषणा गरिसकेपछि हिन्दु धर्म विरुद्धका कार्यक्रमलाई प्रोत्साहन तथा धर्मान्तरणलाई वल पुग्ने गरी नीति तथा कार्यक्रम र वजेटहरु तयार भईरहेको उनीहरु वताउँछन् । ‘प्रत्यक्ष रुपमा ति कुराहरु वाहिर आउँदैनन्, तर अप्रत्यक्ष रुपमा अहिले अवस्था त्यस्तै देखिएको छ’ एक सांसद भन्छन्–‘कांग्रेस एमाले र माओवादी समेत एउटै वजेट तथा कार्यक्रममा सहमत हुँदै र एउटै ब्यक्ति स्विकार्नुले त्यो कुरालाई पुष्टि गर्न वल पुगेको छ।’

कुन हुन विश्व पौडेल ?
चितवनको रत्ननगर नगरपालिका–३ निवासी पौडेलले अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट कृषि तथा स्रोत अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनको प्राकृतिक स्रोत, श्रम अर्थशास्त्र तथा आर्थिक इतिहासमा विशेष दख्खल छ ।

डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा पौडेलले आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव पनि उनीसँग छ। डा. पौडेल ७३ मेगावाटको मध्यतमोर जलविद्युत् आयोजनाको सञ्चालकसमेत हुन। उनले सानिमा बैंकको सञ्चालक समिति सदस्यका रूपमा समेत काम गरेका थिए ।

उनले काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ रहेका पौडेलले मिलेनियम च्यालेन्ज नेपालको कार्यालयमा अर्थशास्त्रीको रुपमा काम गरिसकेका छन । डा. पौडेलले कोरोना महामारीका कारण चुनौतीको समय भएकाले त्यसलाई आत्मसात गरेर काम गर्ने बताएका छन । कोरोनाले प्रभावित भएको अर्थतन्त्रलाई चलायमान गराउन भूमिका खेल्ने उनले वताए ।

राष्ट्रिय योजना आयोग विश्व पौडेल नेपाली कांग्रेसमा विवाद

विशेष