यसकारण भयो स्थानीय मुस्लिम र भारतीय प्रहरीबीच झड्प

विराटनगर । विराटनगरको सीमावर्ती जोगबनी क्षेत्रमा भारतीय प्रहरी र स्थानीय मुस्लिमबिच झडप भएको छ । मोहरम मनाउने क्रममा जोगबनीको मटेरवा नाकाबाट मुस्लिम समुदाय भारत छिर्न खोज्दा शुक्रवार साझ भारतीय प्रहरी र स्थानीय मुस्लिमबिच झडप भएको हो ।
मोहरम मनाउन मुस्लिम समुदायलाई भारतीय प्रहरीले सीमापारी जान रोकेपछि उनीहरुले ढुंगा मुढा प्रहार गरेका थिए । ढुंगा मुढा प्रहार भएपछि मुस्लिमहरू र भारतीय प्रहरीबिच झडप भएको हो ।
नेपालमा मोहरम पर्व मुस्लिम समुदायले मनाएपनि भारतमा कोभिडका कारण रोक लगाइएको थियो । सोही कारण उनीहरुलाई भारतीय प्रहरीले भारत तर्फ प्रवेश गर्न नदिएको हो स्रोतको भनाई छ ।
मुस्लिम समुदायले इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुआतसँगै घरेलु हाथहतियार सहित प्रदर्शन गर्दै मोहरम पर्व मनाउने गरेका छन् ।