News

एमालेमा रहेका पूर्वमाओवादी चार नेताको पद खोस्ने निर्णय अदालतद्वारा सदर

एमालेमा रहेका पूर्वमाओवादी चार नेताको पद खोस्ने निर्णय अदालतद्वारा सदर

एमाले पार्टीमा रहेका पूर्वमाओवादी चार नेताले सांसद पदमा पुर्नबहाली गरिपाऊँ भन्दै दिएको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

माओवादीले सांसदबाट पदमुक्त गर्ने निर्णय कानुन सम्मत नै रहेको सर्वोच्चको आदेशमा भनिएको छ । चार जना नेताहरु एमालेको विभिन्न कमिटीमा भएकाले एमालेले जारी गरेको अन्तरपार्टी निर्देशिकामा जनाए अनुसार यस्तो निर्देशन दिइएको हो ।

लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकरले चौधरीले आफूहरु माओवादीमा हुँदाको सांसद पद पुनर्बहाली गरीपाउँ भन्दै रिट दायर गरेका थिए । 

रिटमा सुनवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् । योसँगै चारै नेताको सांसद पद गुमेको छ । उनीहरुको ठाउँमा सरकारले निर्वाचन गराउनुपर्ने हुन्छ ।

सर्वोच्च अदालत पूर्वमाओवादी

विशेष