News

कोरोनाको जोखिम वढेको भन्दै सवै परिक्षा रोक्ने तयारी

कोरोनाको जोखिम वढेको भन्दै सवै परिक्षा रोक्ने तयारी

कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले सबै खाले परीक्षा रोक्न प्रस्ताव गरेको छ । संक्रमणको तेस्रो लहर छिट्टै सुरु हुने प्रक्षेपणकाबीच मन्त्रालयले सबै खाले परीक्षा रोकी आन्तरिक मूल्यांकनका आधारमा कक्षोन्नती गर्न शिक्षा मन्त्रालयलाई प्रस्ताव गर्दैछ ।

यो चर्चासँगै शैक्षिक निकायहरु गम्भीर छलफलमा जुटेका छन् भने परीक्षा दिन ठिक्क परेका कक्षा १२ का विद्यार्थीहरु अन्यौलमा परेका छन् । कक्षा १२ बाहेक विद्यालय तहको सबै परीक्षा भौतिक रुपमा हुन नसकेपछि ०७६ सालमा आन्तरिक मूल्यांकनकै आधारमा कक्षोन्नती गरियो । २०७७ सालमा पनि यही भयो । तर, विश्वविद्यालयहरुले यो पद्धत्ति नअपनाउँदा धेरै विद्यार्थी मर्कामा परेका छन् ।

यस पटक करिव पौने ४ लाख विद्यार्थी सामेल हुने गरी यही साउन ३१ गतेबाट १२ को परीक्षा भौतिक रुपमै लिने तय भएको छ । यो बेला स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै सबै खाले परीक्षा रोकी आन्तरिक मुल्याकंनका आधारमा नतिजा प्रकाशन गर्न शिक्षा मन्त्रालयमा प्रस्ताव लादैछ ।

तर शिक्षा मन्त्री नियुक्ति हुन नसक्दा प्रशासनीयक तहबाट स्वास्थ्य मन्त्रालयको प्रस्तावबारे ठोस निर्णय हुने सम्भावना देखिँदैन । 

अहिले त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुले भौतिक रुपमै परीक्षा संचालन गरिरहेका छन् । स्वास्थ मन्त्रालयको नयाँ प्रस्तावले भने शिक्षा क्षेत्रमा हलचल ल्याएको छ । 

विशेष