News

यी हुन् बसमै देहवसान भएकी धर्मकुमारी, यस्तो छ कारण

यी हुन् बसमै देहवसान भएकी धर्मकुमारी, यस्तो छ कारण

अहिले सामाजिक सञ्जालमा एउटा कारुणिक तस्बिर छताछुल्ल भएको छ । एउटा दुधेबालक काखीमा च्यापेकी अध बैँसे महिलाले बसको सिटमै प्राण त्यागेकीछन् । प्रायः फेसबुक प्रयोगकर्ताले अहिले यो फोटो शेयर गर्दै श्रद्धान्जली व्यक्त गरिरहेकाछन् । 

बसको सिट मै देह गुमाउने ती महिला रुकुम पश्चिमको आठविसकोठ नगरपालिका वडानम्बर ०९ सुन्दरपानीकी ३३ वर्षीया धर्मकुमारी बटाला भएको इलाका प्रहरी कार्यालय आठबिसकोटले जानकारी दिएको छ । 


मृतक बटाला लामो समयदेखि मुटु सम्बन्धि रोगले थला परेकी थिइन् । भदौ ३ गते आठबिसकोट अस्पतालमा भर्ना भएकी बटालाको मुटुमा प्वाल परेको हुनाले डाक्टरले तुरुन्त ठुलो अस्पताल जानु पर्छ भनेपछि ना ३ ख ३५७९ नम्बरको बसमा काँखमा दुधे बालक च्यापेर नेपालगञ्ज हिडेकी बटाला बाटो मै अस्ताएकी हुन् । उनका श्रीमान् दलबहादुर बटाला नेपालगञ्जमै सानोतिनो जागिर गर्छन् । 

आठविसकोट इलाका प्रहरी कार्यालयका इन्स्पेकटर लालबहादुर सुनार भन्छन्, सुर्खेतको हर्रे भन्ने ठाउँमा महिलाको काँखको बच्चा रुन थालेपछि सहचालकले ब्युझाउँन खोज्दा उनि वितिसकेको थाहा पाएछन् । अहिले उनका श्रीमानलाई कोहोलपुरमा शव बुझाउने काम भैइरहेको छ ।

बसमै देवशाहन

विशेष