News राजनीति

ओलीले सामुहिक सौदावाजी अस्विकार गरेपछि मध्यमार्गी समुह अलपत्र !

ओलीले सामुहिक सौदावाजी अस्विकार गरेपछि मध्यमार्गी समुह अलपत्र !

नेकपा एमाले विभाजन भएर निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दर्ता छ। माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका अधिकांश नेता नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका छन् । तर, केही नेताहरू भने अझै एमाले एकताको विकल्प नभएको भन्दै दौडधुपमा व्यस्त छन् ।

केपी ओलीले माधव नेपालमाथिको कारबाही फिर्ता लिएर १० वुँदे समझदारी कार्यान्वयन गरे एमाले एक हुन्छ भन्ने आशमा छन् । नेता नेपालसहितका नेताहरू नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगेका बेला मध्यमार्गी भनेर चिनिएका नेताहरू बेग्लै छलफलमा जुटेका थिए ।

अन्तिम समयमा घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, भीम आचार्य, सुरेन्द्र पाण्डे, अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीसमेतले नेता नेपालको साथ छोडे । अहिले उनीहरु सामुहिक रुपमा सम्झौता गरेर नेकपा एमालेमा समाहित हुने तयारी गरिरहेका छन् । 

तर, अध्यक्ष केपी शर्मा ओलीले सामुहिक प्रवेशको प्रस्तावलाई अस्विकार गरेपछि उनीहरु अलपत्र परेका छन् । एक्लै आए राम्रो जिम्मेवारी दिने तर, सामुहिकताको कुरा गरे वार्तासमेत नगर्ने बताएपछि सो समुह अलपत्र परेको हो । ओलीले अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका छन् । जसमध्ये शाक्य मुख्यमन्त्री भईसकेकी छिन् भने आचार्यलाई मुख्यमन्त्री वनाउने गरी सामान्य प्रकृया अघि वढेको छ । 

योगेश भट्टराईलाई भावी महासचिब दिने, सुरेन्द्र पाण्डेलाई नेतृत्वमा स्थापित गर्ने गरी रणनीति बनाएर ओलीले सो समुहलाई विभाजित गर्न खोजेका छन । भीम रावललाई ‘देखाइदिने’ गरी ओली लागेको स्रोतको दावी छ। सुरुवाती दिनमा ओली विरुद्ध कसैले एक शब्द वोल्ने हिम्मत नराख्दा रावलले नै ओली विरुद्ध ‘जेहाद’ छेडेका थिए । इखालु स्वभावका ओलीले यसै कारण रावलको राजनीति ढिलोचाँडो सकिदिने यसअघि नै आफूनिकटसँग घोषणा गरेका थिए । अर्कोतर्फ भीम रावललाई रोक्न माओवादी केन्द्रवाट आएका नेता लेखराज भट्टलगायतको प्रयास छ ।


यसैगरी, गोकर्ण बिष्टलाई प्रदीप ज्ञवाली, घनश्याम भुसाललाई बिष्णु पौडेल, युबराज ज्ञवालीलाई शंकर पोखरेलले पार्टीमा आउन नदिने चलखेल गरिरहेका छन । एउटै जिल्लाका भएकाले उनीहरुबिच तीव्र प्रतिशपर्धा छ। 

त्यसैले मध्यमार्गी भनेरि चिनीएका नेताहरु अहिले समस्यामा देखिएका छन् । सामुहिक रुपमा एमालेमा रहने र गुट वनाएर आफनो स्टेन तयार गर्ने उनीहरुको योजना सफल हुन सकेको छैन । 

माधवकुमार नेपाल झलनाथ खनाल केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) पार्टी मध्यमार्गी

विशेष