News

चन्द्रागिरी हिल्स पुगेपछि केपी ओलीलाई फेरी फुर्यो कविता !

चन्द्रागिरी हिल्स पुगेपछि केपी ओलीलाई फेरी फुर्यो कविता !

दुई वर्षअघि कविता लेखेर चर्चा कमाएका पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरी अर्को कविता फुरेको छ ।

अध्यक्ष ओलीले शुक्रवार दिउँसो चन्द्रागिरी हिल्समा साहित्यकारहरुसँग वसेर कविता पाठ गरेका छन् । दुई वर्षअघि पनि उनले त्यहिँ कविता लेखेका थिए । पत्नी राधिकासहित चन्द्रागिरी पुगेका ओलीलाई साहित्यकार, पत्रकार, कलाकार, चित्रकार, नाटककारले स्वागत गरेका थिए ।

ओली झण्डै साढे तीन वर्ष देशको प्रधानमन्त्री वने । तर, यस विचमा उनले साहित्यकार, कलाकार, कलाकारहरुलाई खासै भाउ दिएनन् । चन्द्रागिरी हिल्समा भने उनले करिव तीन घण्टा उनीहरुसँग विताए ।

साँझपख भने उनी वालकोट फर्किएको जनाईएको छ । सहित्यकार, कलाकार, चित्रकारहरु भने शनिवार मात्रै काठमाण्डौं फर्किने कार्यक्रम छ। 

यस्तो छ अध्यक्ष ओलीले वाचन गरेको कविता
इच्छुमतिको किनार, घुमेर भिराडिल
घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल
कतै इतिहास, कतै परम्परा गौरव र पौरख
यहीँका डाँडाहरूका सतिदेवी काँधमा बोकेर
शोकमग्न शिवजी भौंतारिएका थिए
यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले
चित्लाङबाट गोपालीहरू उपत्यका पसेका थिए
यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
सुन्दर काठमाडौँलाई नियालेका थिए
देवकोटाले मानवताको बिगुल फुगेका थिए।
यही ठाउँमा अहिले फालिएको भिरलाई
गन्तव्य बनाएका छन् पौरखीहरूले।

 

केपी शर्मा ओली कविता

विशेष