कमल थापाले दिए राजिनामा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट राजीनामा दिएका छन्।
शनिवार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले संयोजकवाट राजिनामा दिएको जानकारी गरएको छन । उनले उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीमध्ये एकलाई लिन आग्रह गरेका छन्। साथै‚ उनले राणा वा लोहनीले पनि उक्त जिम्मेवारी नलिए पार्टीका कुनै वरिष्ठ नेतालाई जिम्मेवारी दिनुपर्ने बताएका छन्।
उनले लेखेका छन्–‘राप्रपाको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु। अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीमध्ये एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै वरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह गरेको छु।’
राप्रपाको हालै बसेको बैठकले थापालाई उक्त समितिको संयोजकको जिम्मेवारी दिएको थियो।
http://
राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु।
— Kamal Thapa (@KTnepal) August 21, 2021
अध्यक्षद्वय पशुपति शमसेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह गरेको छु pic.twitter.com/qegkbz6tzA
कमल थापा राजिनामा