News विदेश

अकस्मात किन नेपाल आए भाजपाका नेता चौथाइवा ?

अकस्मात किन नेपाल आए भाजपाका नेता चौथाइवा ?

भारतको सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवा आकस्मिक रुपमा नेपाल भ्रमणमा आएका छन् ।

उनी एअर इण्डियाको जहाजबाट आज काठमाडौं आएका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न दिन परराष्ट्र मन्त्रालयलाई भारतीय दुतावासले आजै बिहान पत्र लेखिएको थियो ।

दुतावासले यात्राको उद्देश्य र भेटघाटका पात्रहरु नखुलाई भारतीय दूतावासले चौथाइवा नेपाल आउन आउन लागेको जनाएको थियो । 

चौथाईवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन् । यसअघि गत मंसिरमा विमान सेवा नखुल्दा पनि भैरहवा हुँदै स्थलमार्गबाट उनी नेपाल भ्रमणमा आएका थिए ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको निमन्त्रणमा आएका चौथाइवालेले तत्कालीन प्रधानमन्त्री केपी ओलीसहित उनी निकट नेताहरुसँग भेट गरेका थिए ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि माथिल्लो स्तरका भारतीय नेताको यो पहिलो भ्रमण हो ।

विजय मुरलीधर चौथाइवा विदेश विभाग प्रमुख भारतीय जनता पार्टी (बीजेपी)

विशेष