प्रदेश अध्यक्ष वा मन्त्री बनाउन प्रचण्डमाथि बिना मगरको दबाब !

शनिबारदेखि बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले ५ वटा प्रदेशका इञ्चार्ज तोकेको छ। वैठकले सातै प्रदेश र ७७ वटै जिल्लाका इञ्चार्ज तोक्ने निर्णय गरेपनि सवै ठाउँको टुङ्गो लाग्न सकेको छैन।
स्थायी समितिले टुङ्गो लगाउन नसकेका प्रदेशमा इन्चार्ज तोक्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिईएको छ । इन्चार्ज तोक्न वाँकी रहेको प्रदेश १ मा सुरेन्द्र (राम) कार्की र सावित्रीकुमार काफ्ले तथा सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट र लक्ष्मीदत्त जोशीको इञ्चार्जमा दाबेदारी छ।
पार्टीले नेताहरुको जिम्मेवारी वाँडफाँड गर्न सुरु गरेपछि वुहारी वीना मगरले अध्यक्ष प्रचण्डलाई ब्ल्याकमेल गर्न सुरु गरेकी छिन् । उनले प्रदेश अध्यक्ष वा मन्त्री बनाउन प्रचण्डमाथि दबाब दिन थालेको प्रचण्ड निकटकै स्रोतले जनाएको छ ।
काठमाण्डौमै रहे पनि प्रायः बाहिर बस्ने बीना मगर हिजोआज प्रचण्ड निवासमै वस्न थालेकी छिन्। उनले प्रचण्डलाई भेट्न आउनेसँग प्रदेश अध्यक्ष बनाउन आफ्ना लागि भूमिका खेलिदिन आग्रह गर्ने गरेको स्रोतको दावी छ। लेखराज भट्ट पार्टीवाट बाहिरिएपछि उनले आफैंलाई वरिष्ठ नेता घोषणा गरेकी छिन्।
वीनाले प्रचण्डलाई दबाब र ब्लाकमेल गर्न थालेपछि गंगा दाहल र रेणु दाहाल आजित भएको वताईन्छ ।
वीना मगर माओवादी केन्द्रकातर्फवाट केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री वनेकी थिईन । प्रदेश–७ को प्रतिनिधित्व गर्दै केन्द्र सरकारमा मन्त्री बनेपछि पार्टीमा उनको वोलवाला थप वढ्दै गएको छ।
ब्यापक आलोचना हुँदा पनि अध्यक्ष प्रचण्डले मगरलाई राजनीतिमा अगाडि ल्याउन र मन्त्री वनाउन काखी च्यापेको च्यापै गरे। पटक पटक मन्त्री मण्डल पुनर्गठन हु्ँदा पनि उनको पद सधैं सुरक्षित रह्यो ।
यति मात्र होईन, प्रचण्डले विनालाई यतिसम्म च्यापेकी तत्कालीन नेकपामा वरिष्ठ नेताहरुलाई पाखा लगाएर उनलाई बिभागीय प्रमुख नै वनाईयो । लेखराज भट्ट, खगराज भट्टजस्ता पुराना नेतालाई बेवास्ता गरी बिनालाई सुदुरपश्चिमको पार्टीमा निर्णायक बनाएपछि प्रचण्ड वुहारी मोहमा फसेको भन्दै आलोचना पनि भयो ।
यो सवै सहेर वसेका नेता लेखराज भट्टले सामान्य प्रतिक्रिया दिएपछि प्रचण्ड उनीसँगै टाढिए । उनले सुदुरपश्चिममा बिनाको मर्जीमा लालमोहर लगाउन थाले। पम्फा भुसाल, ओनसरी घर्ती, सत्य पहाडी, अंजना बिशुंखेलगायताका नेत्रीहरुले ‘महिला नेतृत्वको विकाशमा प्रचण्डको ढङ्ग नपुगेको’ भन्दै सामुहिक र बेग्लाबेग्लै ध्यानाकर्षण गराउँदा पनि प्रचण्डले सुनुवाइ गरेनन्।
यो सवै देखेर र भोगेर अहिलेको अवस्थामा आएकी मगरले फेरी प्रचण्डमाथि दवाव दिन थालेको स्रोतको भनाई छ ।
यो पनि
बिनाको त्याग र कमजोरीबारे बोले सुदुरपश्चिमका माओबादी नेता !
बिनासँग प्रचण्डलाई बाध्य बनाउने के छ ?
खानेपानी मन्त्रीवाट राजिनामा दिएपछि कता छिन बिना ?
बिना मगर पुष्पकमल दाहाल (प्रचण्ड)