सिन्ध, बलुचद्वारा पाकिस्तानमा मानव अधिकार उल्ल्घनको विरोध, अगस्त १४ लाई कालो दिन घोषणा
इस्लामावाद । पाकिस्तानमा मानव अधिकार उल्ल्घंनको विरोधमा सिन्ध र बलुचहरुले १४ अगस्तलाई कालो दिनको रुपमा घोषणा गरिएको छ । पाकिस्तानले १४ अगस्तमा आफ्नो स्वतन्त्रता दिवस मनाएको थियो । सिन्ध र बलुच समुदायका मानिसहरुले पाकिस्तानद्वारा मानव अधिकार उल्ल्घंन गरेकोप्रति निन्दा गर्दै लण्डनमा रहेको सिन्ध र बलुचबासीहरुले पाकिस्तानविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले १४ अगस्ट बलूच र सिन्धीहरुको लागि कालो दिन र बलूच जनताको नरसंहार बन्द गरलगायतका नारा लेखिएका प्लेकार्डहरुसहित पाकिस्तानविरुद्धमा नाराबाजी गरेका थिए ।
यसैबीच, विश्वका अन्य मुलुकहरुमा पनि पाकिस्तानविरुद्ध प्रदर्शन गर्दै नाराबाजी गरिएको थियो । प्रदर्शनकारीहरूले अफगानिस्तानको हारमा इस्लामाबादको भूमिकारहेको भन्दै तालिबानलाई संरक्षण गर्नेहरुलाई कारबाही गरिनुपर्नेसमेत माग गरेका छन् ।
अफगानिस्तानमा तालिबानको प्रमुख क्षेत्र कब्जा र क्रूर आक्रमणविरुद्ध आइतबार अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत र अस्ट्रियामा धेरै प्रदर्शनहरु गरेका छन् ।
अफगानिस्तानमा तालिबानलाई समर्थन गरेको भन्दै पाकिस्तानको विरोधमा शनिबार बर्लिनको ब्रान्डेनबर्ग गेटमा झण्डै ३ सय व्यक्तिहरु भेला भएका थिए ।