News राजनीति

ओलीले मध्यमार्गी भनिएकालाई खिलको संज्ञा दिए, घनश्यामसहित केही माधव पक्षमै !

ओलीले मध्यमार्गी भनिएकालाई खिलको संज्ञा दिए, घनश्यामसहित केही माधव पक्षमै !

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल लगायतका केहि नेता अहिले पनि नेकपा एमालेलाई एक गर्न प्रयासरत छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेताल र झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेर गईसक्दा पनि उनीहरुले हरेस खाएका छैनन् ।

लामो समयसम्म नेता नेपालसँग नजिक रहेका उनीहरु एमाले फुटाएर नयाँ पार्टी वनाउने कुरामा सहमत हुन नसकेपछि एमाले भित्रको तेस्रो धार वनाएर वसेका छन् । नेता नेपालसँग नयाँ पार्टीमा नगएपछि उनीहरु नेकपा एमालेमै रहेन आँकलन समेत गरिएको थियो ।

तर, पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रयोग गरेका शब्द र भाषाप्रतिको असन्तुष्टिका कारण नेता भुसालसहितको सिङ्गो मध्यमार्गी समुह नेपालतर्फ नै लाग्न खोजिरहेको स्रोतले जनाएको छ ।

हुन त अध्यक्ष ओलीको कार्यशैलीका विषयमा भुसालले भन्ने गरेका थिए– ‘खकारसमेत परिक्षण गरी आफ्नो डीएनए हो भन्ने ग्यारेन्टी भएपछि मात्र जिम्मेवारी दिने ओलीको संकीर्ण सोच छ ।’ अहिले उनको त्यहि भनाई सत्य सावित भएको छ । ओलीको डीएनए परिक्षणमा उनी फेरी अनुत्तीर्ण भएका छन । भोलिको एमाले आफनै हुने निस्कर्षसहित विद्रोह नगरी सकेका भुसाललाई ओलीले ‘खिल’को संज्ञा दिएका छन ।

भुसालसहितका कतिपय नेताले ओली समक्ष सामुहिक सौदावाजी गर्न थालेपछि उनले घनश्याम भुसाल, भीम रावलहरु माधव नेपालका ‘मानसपुत्र’ भएको र यी ‘खील’ हरु पनि अहिलै गए झन राम्रो हुने भन्दै गोकुल वास्कोटा लगायतका नेतालाई सुनाएका थिए । 

ओलीको आसय बुझेपछि बास्कोटाले मिडियावाजी सुरु गरेको वताईन्छ । वास्कोटाले ‘मध्यमार्गको चटक किन ?’भन्दै प्रस्न उठाएपछि भुसालसहितका नेता पाखा लाग्न थालेको स्रोतको भनाई छ । मध्यमार्गको विषयलाई घोचपेच गर्दै वास्कोटाले थप भनेका छन्–‘मन एकातिर तन अर्कोतिर नगर्नु किनभने त्यसो गर्दा गति र आत्मविश्वास दुवै गुम्छ।जता मन लाग्छ त्यता लाग्नु वेश। तर तथ्य भन्छ –नेपालमा उस्तै प्रकृतिको नयां पार्टी टिक्दैन। वर्षेच्याउ र फुटेका पार्टीको आयु क्षणीक नै हुन्छ।’

नेकपा एमाले घनश्याम भुसाल माधवकुमार नेताल झलनाथ खनाल नेकपा (एकीकृत समाजवादी) पार्टी तेस्रो धार

विशेष