News विदेश

कावुल विमानास्थलमा भिड नियन्त्रणवाहिर, गोलि हानाहान

कावुल विमानास्थलमा भिड नियन्त्रणवाहिर, गोलि हानाहान

अफ्गानिस्तानको राजधानी कावुलमा भिड नियन्त्रण गर्न खोज्दा गोली हानाहान भएको छ । गत अगस्ट १५ मा तालिबानले काबुल कब्जा गरेपछि अफगानिस्तान छाड्न चाहने विदेशी र अफगानी नागरिकको भिड नियन्त्रण गर्ने क्रममा गोलिहानाहान भएको हो ।

अमेरिकी लगायतका विदेशी फौज आफ्नो तालिका अनुसार फर्किरहे पनि बाँकी विदेशी नागरिक कावुलमा आफ्नो पालो पर्खेर बसिरहेका छन् । त्यसमाथि हजारौँ अफगानी नागरिकहरु पनि अन्य मुलुक जान पाउने आशामा विमानस्थलमै भिड लागेपछि अवस्था नियन्त्रण वाहिर रहेको जनाईएको छ ।

काबुल विमानस्थल बाहिर पनि हजारौँको संख्यामा अफगानी जम्मा भएका छन् । भिडलाई नियन्त्रणमा लिन गोली समेत चलाउनु परेको छ । ठेलमठेल र भागदौड पनि हुने गरेको छ । गोली, ठेलमठेल र भागदौडका कारण अहिलेसम्म काबुल विमानस्थलमा २० जनाले ज्यान गुमाइसकेका छन् । 

सोमबार पनि काबुल विमानस्थलमा अफगानी सुरक्षा गार्ड र अज्ञात समूहबीच गोली हानाहान भएको छ। एक जनाले ज्यान गुमाएका छन् । मृतक अफगानी सुरक्षा गार्ड रहेको रोयटर्सले बताएको छ । सो गोली हानहानमा काबुल विमानस्थल सुरक्षार्थ रहेका अमेरिकी र जर्मन सेना पनि संलग्न रहेको बताइएको छ । अमेरिकी र जर्मन सेनातर्फ भने कुनै हाताहाती नभएको बताइएको छ । 

काबुल विमानस्थल बाहिरको सुरक्षा र भिड नियन्त्रणका लागि तालिबानी लडाकुहरु पनि खटिएका छन् । गत आईतबार तीनै लडाकुहरुले भिडमाथि कुटपिट गरेका थियो । त्यो दिनको भिड नियन्त्रण हुन नसक्दा ठेलमठेल भएको र त्यस दौरान सात अफगानी नागरिकले ज्यान गुमाएको रोयटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 

अफ्गानिस्तान गोली हानाहान कावुल

विशेष