News

सांसद चोरी हुने डरले माधव समुह चन्द्रागिरीमा गुप्तवास, वास्कोटाले भने– हाँडिघोप्टे रछन्

सांसद चोरी हुने डरले माधव समुह चन्द्रागिरीमा गुप्तवास, वास्कोटाले भने– हाँडिघोप्टे रछन्

पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकुल वास्कोटाले प्रस्तावित नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई ‘हाँडिघोप्टे’ को संज्ञा दिएका छन् । 

नेकपा (एकीकृत समाजवादी)का नेताहरू आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट पुगेको विषयमा ब्यंग्य गर्दै उनले माधव नेपाल समुहलाई हाँडिघोप्टेको संज्ञा दिएका हुन । सोमवार उनले ट्वीटरमा लेखेका छन्–‘मलाई पनि चन्द्रागीरी जाम–जाम लाग्याथ्यो, निम्तै दिएनन। कस्ता हाँडीघोप्टे रेछन । बाक्लो दाल खाँदा पनि लुकेर खाने ? भो आफु त गहतकै झोल खाईन्छ। किड्नीलाई राम्रो गर्छ रे।’

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरू सोमवार आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट पुगेका छन् । बुधबार पार्टी विभाजनका लागि सनाखतको तयारी भइरहेका बेला नेता तथा सांसदहरु चोरी हुने डरले उनीहरुलाई गुप्तवासका लागि रिसोर्टमा राखिएको जनाईएको छ ।

वालकोटमा एमाले अध्यक्ष ओली र तेस्रो धारका नेताहरूबीच पार्टी एकता गरेर अघि बढ्ने गरी सहमति भएको छ। यसै कारण तेस्रो धारका नेताहरूले आफू पक्षकालाई पनि प्रभावित पार्न सक्ने सम्भावना वढेपछि दायाँबायाँ हुन नदिन रिसोर्टमा पुर्याईएको स्रोतले जनाएको छ । 

उनीहरु मंगलवार पनि त्यहि वस्ने र बुधबार सनाखतका लागि मात्र निर्वाचन आयोग जाने जनाईएको छ । रिसोर्टमा करिब ५० बेड बुकिङ गरिएको छ । 

गोकुल वास्कोटा माधवकुमार नेपाल नेकपा (एकिकृत समाजवादी) पार्टी हाँडिघोप्टे

विशेष