कक्षा १२ कोे परीक्षा दसैंअगाडि गर्ने तयारी, खोप लगाउन नपाउने संख्या ८ सय ८०

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ कोे परीक्षा दसैंअगाडि गर्ने तयारी गरेको छ । यस पटक दशैंको फुलपाती असोज २६ गते परेको छ।
यसअघि दुई पटक तय भएर पनि कक्षा १२ को परिक्षा स्थगित भएको थियो । जसका कारण ३ लाख ७४ हजार परीक्षार्थी अन्यौलमा परेका थिए ।
विद्यार्थीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाइरहेकाले परिक्षा लिने वतावरण वनेको जनाईएको छ । परीक्षार्थीमध्ये आठ सय असी जनामात्र अठार वर्ष भन्दा कम उमेरका रहेकाले धेरैले खोप लगाउने वातावरण बनेको छ ।
त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग, चिकित्सा शिक्षा आयोग सिटीइभिटीको परीक्षा नरोकिएकाले कक्षा १२ को परीक्षा पनि गर्न लागिएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए।
परिक्षाका लागि बोर्डले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति पर्खेको छ ।