News अपराध सुरक्षा

बैंक छोडेर कविता धिताल ट्रेडमार्क चोरी धन्दामा ! 

बैंक छोडेर कविता धिताल ट्रेडमार्क चोरी धन्दामा ! 

आफनो लोगो हुबहु चोरी गरेको आरोप लगाउँदै ‘बिजनेश सरोकार डटकम’ विरुद्ध अर्थ सरोकार संचालक कम्पनी शुभम मिडिया प्रालिले कानुनी उपचार खोज्ने भएको छ । 

बिजनेश सरोकार डटकमले उद्योग विभागमा दर्ता नम्बर ०४७७९६ अन्तर्गत दर्ता भएको अर्थ सरोकारको लोगो हुबहुजस्तो देखिने गरी  लोगो  बनाई, अर्थ सरोकारकै सीएसएससमेत ‘चोरी’ तयार गरिएकाले क्षतिपूर्तिका लागि कानुनी उपचारमा खोज्ने तयारी भएको हो ।

नेपाल मिडिया ग्रुप प्रालिका नाममा पूर्व बैंकरसमेत रहेकी कविता धितालले बिजनेश सरोकार सञ्चालनमा ल्याएकी हुन । शुभम मिडिया प्रालिले ट्रेडमार्क ऐन २०२२ को दफा १८ अन्तर्गत दर्ता भएको लोगोको दुरुपयोग भएकोमा बिगो दाबी गर्दै कानुनी उपचारमा जाने तयारी गरेको हो ।

अर्थ सरोकार ट्रेड मार्क ऐन अनुसार ०४७७९६ अन्तर्गत उद्योग विभागको सम्पत्ति प्रमाणीकरण महाशाखामा दर्ता भएको छ । ऐन अनुसार यसरी दर्ता भएको सम्पत्ति उस्तै देखिनेगरी प्रयोगमा ल्याउन बन्देज गरिएको छ । सो कार्य गरेमा ऐन अनुसार कारवाही हुने स्पष्ट व्यवस्थासमेत ऐनमा छ । तर अर्थ सरोकारजस्तै देखिनेगरी नै अनलाइन संचालन गर्ने भन्दै सो अनलाइनका संचालकले बिजनेश सरोकार डटकम दर्ता गर्दा अर्थ सरोकारकै लोगो दुरुपयोग गर्ने काम भएको शुभम मिडिया प्रालिको दावी छ ।


आफनो लोगो हुबहु सारी अर्को अनलाइनले प्रयोग गरेको विषयमा अर्थ सरोकारका संचालकले फेसबुकमार्फत आफ्नो ट्रेडमार्क चोरी भएको र आफु १ करोड क्षतिपूर्तिको दाबीसहित अदालत जाने निर्णयमा पुगेको बताएका थिए । सोहि विषयलाई अतिरन्जित गरी विजनेश सरोकारले अर्थसरोकारका सञ्चालक सुरज प्याकुरेललाई १ करोडको वार्गेनिङ्ग गरेको भन्दै समाचार समेत वनाएको छ । विजनेश सरोकार टिमले आफै गल्ति गरेर उल्टै आफनो चरित्र हत्या गर्न थालेको शुभमका संचालकले वताए । ‘ धम्की दिएर एक करोड असुल गर्न खोजदै अर्थ सरोकारका सञ्चालक ः पत्रकारीताको नाममा ठगी धन्दा’ शिर्षकको समाचार वनाएर आफनो चरित्र हत्या गर्न खोजेको जनाईएको छ । 

‘लोगो चोरी भएको विषयमा मैले अनलाइनमा दिइएको नम्बरमा फोन गरेको हुँ । आजसम्म कसैलाई धम्क्याएको छैन र धम्काउनु नपरोस् पनि’ प्याकुरेलले भने–‘मैले आफ्नो सम्पत्ति रक्षाका लागि अदालत जानुको विकल्प छैन ।’

लोगो चोरी कविता धिताल बिजनेश सरोकार डटकम अर्थ सरोकार

विशेष